आजको मौसम :आंशिक देखि साधारणतया बदली

आजको मौसम :आंशिक देखि साधारणतया बदली

कपन अनलाइन

काठमाण्डौ,बैशाख ११ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। मधेस  प्रदेश लगायत लुम्बिनी र  कोशी प्रदेशका तराइका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

तपाइँको प्रतिक्रिया ।