प्रथम बुढानिलकण्ठ नगर शिल्ड प्रतियोगिता  सुरु

प्रथम बुढानिलकण्ठ नगर शिल्ड प्रतियोगिता  सुरु

कपन अनलाइन

काठमाण्डौ,बैशाख १९।

प्रथम बुढानिलकण्ठ नगर शिल्ड प्रतियोगिता  सुरु भएको छ। बुढानिलकण्ठ नगर खेलकुद बोर्डको आयोजनामा भएको सो महोत्सव बैशाख १९ गते देखि २२ गते सम्म चल्नेछ।

“स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बुढानीलकण्ठ मूल नारा सहित आयोजना गरिएको सो खेलकुद महोत्सवको उद्घाटन नगर प्रमुख मिठाराम अधिकारीले गरेका छन।

बुढानिलकण्ठ स्कुलमा भइरहेको सो महोत्सवमा  कराते, तेक्वान्दो, मोई थाई, कुङ्ग-फु. बास्केटबल, फुटवल, व्याटमिन्टन र म्याराथन गरी ९ खेल समावेस रहेका छन।

नगर उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याल, वडा नं १ देखि १३ का अध्यक्षहरु लगायतको उपस्थितिमा भएको महोत्सव उद्घाटन समारोहमा १३ वटै वडाका खेलाडीहरुको सहभागिता रहेको थियो।

युवाका हकहितको संरक्षण र सम्बर्द्धन गरी खेलकुदको माध्यमबाट विद्यार्थी, युवा तथा सर्वसाधारण जनताको शारीरिक तथा मानसिक विकास गरी स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गर्न, राष्ट्रिय अन्तराष्ट्रिय स्तरका खेलाडि उत्पादन, युवालाई उद्यमशिल चनाउने उद्देश्य राखेर  बुढानीलकण्ठ नगरपालिका खेलकुद विकास बोर्डले महोत्सव आयोजना गरेको  खेलकुद बोर्डका  संयोजक सुमन तामाङले जानकारी दिएका छन।

नगरपालिकाका १३ वटैवडाका फुटबल समुहले भाग लिएको प्रतियोगिताको नकआउट चरण बैशाख १८ गतेबाट सुरु भएको थियो  ।

हिजो  सचालन भएका ४ वटा खेल मध्य वडा नं ०१ र ०६ ले पहिलो खेल खेलेको थियो । जसमा गोल १-१ को बराबरीमा रोकियो र टाई ब्रेकर पेनाल्टि सुटआउटमा वडा नं ०१ ले ०६ लाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

यस्तै वडा नं ०४ र वडा नं ०२ बिच भएको प्रतिस्पर्धामा वडा नं ०४ ले ०२ लाई ४-१ को फराकिलो गोलअन्तरले पराजित गर्यो ।

वडा नं ०३ र वडा नं १३ विच भएको तेस्रो खेल गोलरहित ०-० को अवस्थामा टाई ब्रेकर पेनाल्टि सुटआउबाट वडा नं ०३ विजयी हुन सफल भयो।

साथै पहिलो दिन को अन्तिम खेल वडा नं ०९ र वडा नं ०८ विच वडा नं ०९ ले ३-० को फराकिलो गोलअन्तरबाट वडा नं. ०८ लाई पराजित गरेको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।