विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठक आज: माथिल्लो त्रिशुली थ्री "ए" को विषयमा केन्द्रित हुने

काठमाडौं, २९ जेठ/ माथिल्लो त्रिशूली–थ्री ‘ए’को क्षमता विस्तारको विरोधमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले आन्दोलन जारी राखेपछि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठकbidhut आज बस्ने भएको छ ।

माथिल्लो त्रिशुली थ्री ए को क्षेमता विस्तार गरी ६० बाट बढाएर ९० मेगावाट गराउने निर्णयले चार अर्ब लागत बढ्ने र परियोजना २ बर्ष लम्बिने भन्दै बिद्युत प्राधिकरणका कर्मचारी आन्दोलित बनेका छन् ।

पूर्वअर्थमन्त्रीहरूले पनि यस्तो निर्णय खारेज हुनु पर्ने माग राखेपछि उर्जामन्त्री उमाकान्त झाले बिद्युत प्राधिकरण सञ्चालक समितिको बैठक बोलाउनु भएको हो । संचालक समितिका अध्यक्ष समेत रहेका मन्त्रि झाले बोलाउनु भएको बैठक दिउँसो प्राधिकरण कार्यालयमै बस्ने बताईएको छ ।

यसैबीच, बिद्युत प्राधिकरण संचालक समितिको निर्णयको बिरोधमा रहेको कर्मचारीहरूले आज पनि आन्दोलनलाई जारी राख्ने भएका छन् । मन्त्रि निवासमा २ घण्टा ब्ल्याक आउट गर्दै आएका उनीहरूले आजदेखि दैनिक ४ घण्टा ब्ल्याक आउट गर्न लागेका हुन् । पर्सीसम्ममा संचालक समितिको निर्णय फिर्ता नभए प्रधानमन्त्री निवास बालुवाटारमा अनिश्चीतकालिनरुपमा बत्ती काट्ने कर्मचारीहरूले चेतावनी दिएका छन् ।

तपाइँको प्रतिक्रिया ।