गोरु काटेको अभियोगमा कारबाही

भद्रपुर, २९ जेठ । गोरु काटेको अभियोगमा प्रहरीले झापामा तीनजनामाथि आवश्यक कारबाही सुरु गरेको छ ।
जलथल–७ बस्ने मनप्रसाद लिम्बू, नरप्रसाद घिसिङ र धनकुमार मोक्तानमाथि गौबधको अभियोगमा मुद्दा दर्ता गरी आवश्यक कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
  नरप्रसाद घिसिङको आँimg1गनमा गत सोमबार गोरु काटेको सूचनाको आधारमा प्रहरी निरीक्षक देवीप्रसाद पौडेलको नेतृत्वमा खटिएको टोलीले उक्त स्थानबाट गोरुको टाउको, चारवटै खुट्टा र मासु बरामद गरेको बताइएको छ ।
उक्त घटनाको अभियोगमा प्रहरीले लिम्बू र मोक्तानलाई पक्राउ गरिसकेको छ भने फरार घिसिङको खोजी कार्य भइरहेको जनाएको छ । रासस
तपाइँको प्रतिक्रिया ।