काठमाडौं क्षेत्र नं ४ मा निर्वाचन प्रचारमा डा. राजन भट्टराई

काठमाडौं क्षेत्र नं ४ मा निर्वाचन प्रचारमा डा. राजन भट्टराई

कपन अनलाइन

काठमाडौ,असोज ३१।

नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ ले प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरे पछी डा. राजन भट्टराई अहिले प्रचार अभियानमा जुटेका छन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापा र विवेकशील साझा पार्टीकी सुबुना बस्नेत संग चुनावी प्रतिस्पर्धामा रहेका भट्टराई अहिले यसै निर्वाचन क्षेत्र केन्द्रित बनेका छन ।

विदेस मामिलामा दख्खल राख्ने भट्टराईको यो पहिलो प्रत्यक्ष निर्वाचन रहेको छ जसलाई उनले निकै महत्व दिएको उनको सक्रियताले देखाएको छ ।

अगिल्लो निर्वाचनमा रहेको फराकिलो अन्तरलाई घटाएर जित्नु पर्ने चुनौती रहेका उनले अहिले आन्तरिक र खुल्ला कार्यक्रममा सहभागितालाई तीव्र बनाएका छन ।उनि  अहिले रास्ट्रिय कार्यक्रम र पार्टीका केन्द्रिय जिम्मेवारी घटाएर निर्वाचन प्रचारमा जुटेका छन ।

यस प्रतिनिधि सभा क्षेत्रको प्रदेस क्षेत्र नं १ मा सर्वसम्मत उम्मेदवार बनेका निर्मल कुइकेल सहित उनि प्रचार अभियानमा जुटेको देखिन्छ भने प्रदेस क्षेत्र २ मा  उम्मेदवार तय नभएकोले उनि एक्लै प्रचार दौडाहा मा रहेका छन ।

असोज ३० गते कामपा वडा नं ७ र ३० का विभिन्न कार्यक्रममा सक्रिय बनेका उनले पनि अहिले साविक कपनका ३ वटा वडालाई केन्द्रमा राखेर प्रचारमा जुटेको उनको पछिल्लो कार्यक्रम तालिकाले देखाएको छ । आज ३१ गते पनि उनि बुढानिलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुमा हुने कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

नेपाली राजनीतिका २ चर्चित युवा नेताहरुको प्रतिस्पर्धाले फेरी पनि काठमाडौं क्षेत्र नं ४ लाई चर्चाको केन्द्रमा राख्ने अनुमान गर्न सकिन्छ ।

 

 

तपाइँको प्रतिक्रिया ।