काठमाडौ क्षेत्र नं ४ प्रतिनिधि सभा क्षेत्रमा सक्रिय बने गगन थापा
कपन अनलाइन
काठमाडौ,असोज ३१।
मंग्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनको आन्तरिक तयारी र प्रचारमा अहिले विभिन्न दलका नेताहरु लागिरहेका छन ।नेपालका १६५ निर्वाचन क्षेत्र मध्ये काठमाडौं क्षेत्र नं ४ सधै चर्चामा रहने निर्वाचन क्षेत्र मध्ये पर्दछ ।यस क्षेत्रमा आसन्न निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापा ,नेकपा एमालेका केन्द्रिय सदस्य डा. राजन भट्टराई ,विवेकशील साझा पार्टीकी केन्द्रिय सदस्य सुबुना बस्नेत लगायतले आफ्नो उम्मेदवारी प्रस्तुत गरेर औपचारिक अनौपचारिक प्रचारमा जुटी सकेका छन ।
यसै क्रममा यस क्षेत्रका निवर्तमान सांसद एवम पुर्व स्वास्थ्य मन्त्री गगन थापाले पनि आफ्नो सक्रियता निकै बढाएका छन । उनि अहिले हरेक दिन यस क्षेत्रका विभिन्न शाखा समितिका कार्यक्रम र अन्य संघ संस्थाले आयोजना गरेका कार्यक्रमहरुमा सहभागिता जनाइरहेका छन ।
उनि कहिले सडक अनुगमन ,कहिले योजना निरीक्षण र धेरै जसो पार्टीको आन्तरिक प्रसिक्षण र कार्यक्रममा उपस्थित भैरहेका छन ।पार्टीका आन्तरिक कार्यक्रममा उनले स्थानीय तहको निर्वाचनको परिणाम बाट निरास बनेको कार्यकर्ता पंक्तिलाई उत्साहित बनाउदै निर्वाचनको प्रचार र प्रसारमा लाग्न प्रेरित गरिरहेका छन भने आम कार्यक्रममा आफ्नो २ वटा कार्यकालमा गरेका कामहरुको वारेमा चर्चा गरिरहेका छन ।
हिजो बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को जेष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागी भएका उनि आज विहान उनि चुनिखेलमा आन्तरिक पार्टी कार्यक्रममा सहभागी बनेका छन भने दिन भर क्षेत्र नं ४ का कार्यक्रममा सहभागिता बनाउने तालिका उनको रहेको छ । उनले पछिल्लो चरण साविक कपन लाई प्राथमिकतामा राखेर कार्यक्रम तय गरेका छन । साविक कपनका ३ वटा वडाहरुमा १६ हजार भन्दा बढी रहेको छ जसमा स्थानीय तहको निर्वाचनमा ३ वटै वडामा नेकपा एमालेका उम्मेदवार विजयी बनेका थिए ।
प्रतिनिधि सभा क्षेत्र मा रहेका २ वटा प्रदेस क्षेत्रका उम्मेदवार निर्क्यौल नभएको अवस्थामा अहिले उनि एक्लै यो प्रचार दौडमा रहेका छन ।
उत्तरी सिमाना तौलुंग देखि दक्षिणी सिमाना नाग पोखरी सम्मका हरेक कार्यक्रममा सहभागितालाई उनले प्राथमिकतामा राखेर आफ्नो समय तालिका बनाएको उनको पछिल्लो सक्रियताले देखाएको छ ।
आफ्नो पार्टी संग प्रदेस नं ३ को मुख्यमन्त्रीको उम्मेदवार बनाउनु पर्ने माग राखेका उनले पार्टी बाट कुनै निर्णय र संकेत नपाए पछी प्रतिनिधि सभा क्षेत्रको लागि तयारी गरेको उनि निकट श्रोतले बतायो ।