योग शिविर संचालन

काठमाडौँ, जेठ १६ गते
नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेल र महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकालको प्रमुख आतिथ्यमा पतञ्जली योग समिती नेपाल,सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीको संयक्त आयोजनामा पाँच दिवसीय पतञ्जली योग विज्ञान शिविर काठमाडौं महानगरपालिका– ४ टुँडालदेवीमा संचालन भएको छ ।
योग शिविर उद्घाटन कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलले हिजो आयोजित एक समारोहबीच पानसमा दीप वाली शिविरको उद्घाटन गर्नुभयो ।922736_358454580933142_81818149_n
सो अवसरमा उहाँले शारिरिक र मानसिक रुपले स्वस्थ रहन, स्वस्थ खानपान जीवनशैली संगै योग अति आवश्यक रहेकोले योगवाट लाभ लिनुपर्ने वताउनुभयो ।
योग गुरु डा. चन्द्रमणि खनालले योग अभ्यास गराउनुहुदै योग गर्ने तौर तरीका  र फाइदा वारे जानकारी गराउनु भएको थियो भने पतञ्जली योग समिती नेपालका केन्द्रीय संरक्षक ज्ञानेन्द्र विक्रम महतले योगको महत्ववारे आफ्नो मन्तव्य राख्नुभएको थियो ।
सामुदायिक सेवा केन्द्र टुडालदेवीका अध्यक्ष अच्युत प्रसाद सापकोटाको सभापतित्वमा सञ्चालित कार्यक्रममा सोही केन्द्रका पुर्व सचिव रुद्र प्रसाद वस्यालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।