उच्चस्तरीय राजनीतिक समितिको बैठक आज बस्ने

काठमाडौं, १६ जेठ/ वर्तमान सरकारालाई सघाउन बनाइएको चार दलका नेता सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको बैठक आज बस्ने भएको छ ।
4dal
पटक–पटक स्थगित हुँदै आएको बैठक आज अपराह्न ५ बजेपछि नयाँ बानेश्वरमा बोलाइएको समितिका संयोजक झलनाथ खनालले जानकारी दिनुभयो । समितिमा आज पनि निर्वाचन ऐनमा देखिएको विवाद मिलाउन र निर्वाचनको तिथिका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि हिजो बस्ने भनिएको बैठक कंग्रेस सभापति सुशील कोइराला अनुपस्थित भएका कारण स्थगित भएको थियो । दलहरूबीच निर्वाचन ऐनका विषयमा कुरा मिल्न नसक्दा सरकारले मिति तोक्नसमेत ढिलाइ गरेको छ ।

निर्वाचन ऐनमा थ्रेसहोल्ड, संविधानसभाको सिट संख्या र फौजदारी अभियोग लागेकाले उम्मेदवारी दिन पाउनेजस्ता विषयमा दलहरूबीच विवाद छ ।

तपाइँको प्रतिक्रिया ।