गणतन्त्र दिवको अवसरमा कपनमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

कपन जेठ १६ गते / गणतन्त्र दिवको अवसरमा हिजो कपनमा  बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कपन गाविसका वडा नं.१,२ र ३ मा रहेका विभिन्न सार्वजनिकस्थल सडक लगायतको सरसफाई गरिए

kapan sarasafai
फोटो : शुवास राइ

को हो । झण्डै एक हजार जनाको उपस्थिति रहेको सरसफाईमा विद्यार्थी अभिभावक शिक्षक कर्मचारी स्थानीय आमा समूह क्लब विभिन्न संघसंस्थाका राजनीति दल प्रतिनिधिलगायत गरी हजार बढी सहभागी भएका थिए ।

बिहान ७ बजे देखि आ आफ्नो टोल छिमेक  सफाइ गर्दै अगि बढेको बिसाल जनसमुदायहरूको लावालस्कर ह्यान्डबल खेल मैदान पुगी सभामा परिणत भएको थियो ! उक्त सभाको सभापतिमा कपन गाविस वातावरण तथा फोहरमैला व्यवस्थापन समितिका संयोजक अशोक राज पाण्डे रहेका थिए भने अथितिका रूपमा  गाविस सचिव लोमस आचार्य रहनु भएको थियो । सो अवसरमा कपन खुल्ला दिसामुक्क्त क्षेत्र घोषणा गरिएको थियो ।

सार्वजनिक शौचालय शिलान्यास

हिजोनै हेन्डबल नजिक सार्वजनिक सौचालयको  शिलान्यास गरिएको थियो।  तीन महिना भित्रमा निर्माण सम्पन्न हुने  शौाचलय कपन गाविसको अगुवाईमा निर्मार्ण हुन लागेको हो। कपनमा सार्वजनिक शौचालय निर्माण हुन लागेको यो पहिलो हो। यसैगरी कपनको मिलन चोक, तेनिजंग चोकमा पनि सुविधा सम्पन्न शौचालय निर्मिाण गर्न लागिएको गा945447_464368566982240_1904682786_nविसले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।