अपहरणमा परेका गाविस सचिव सम्पर्कमा आए

कपिलवस्तु, जेठ १४ गते
अपहरणमा परेका शिवगढी गाविसमा मतदाता नामावली संकलन तथा नागरिकता बितरण शिविरमा खटी गएका खुरहुरिया गाविसका सचिव ढलक कुमार श्रेष्ठ र लालपुर गाविसका सचिव कृष्ण प्रसाद शर्मा प्रहरीको सम्पर्कमा आएका छन् ।
जेठ १२ गते १०:०० बजे शिविर स्थल नपुग्दै उनीहरु अपहरणमा परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले खोजतलास गर्दाजादा साँझ १७:१० बजे इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाको सम्पर्कमा आएका थिए ।
उनीहरुलाई नेकपा–माओवादीका कार्यकर्ताहरुले कपिलवस्तु र दाङ जिल्लाको बोर्डर धानखोलाबाट अंदाजी ३ कि.मि.भित्र जंगलमा राखेको र प्रहरीको व्यापक सर्च भएकोले धानखोलाबाट मुक्त भएको प्रारम्भिक सोधपुछबाट खुल्न आएको  प्रहरी स्रोतले कपन अनलाईलाइ बतायो  ।

तपाइँको प्रतिक्रिया ।