नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ प्रादेशिक क्षेत्रको टिकट दौडमा साधुराम खड्का

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ प्रादेशिक क्षेत्रको टिकट दौडमा साधुराम खड्का

कपन अनलाइन 

काठमाडौ,असोज ८।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ को बुढानिलकण्ठ नगरपालिका तर्फ रहेको प्रादेशिक क्षेत्रमा अहिले विभिन्न नेताहरुले आफ्नो दावी प्रस्तुत गरिरहेका छन । अहिले स्थानीय नेताहरु आन्तरिक रुपमा कार्यकर्ता र नेताहरु संग परामर्श गरिरहेको नेपाली कांग्रेसका एक स्थानीय नेताले बताए । धेरै जना समकालीन राजनीतिक व्यक्तिहरु रहेका यस क्षेत्रमा पछिल्लो क्रममा साधुराम खड्काको पनि नाम अगाडी आएको छ ।

नेपाली कांग्रेसको स्थानीय राजनीतिमा लामो समय देखि निरन्तर क्रियाशील खड्का यस क्षेत्रमा तल्लो तह देखि काम गरेका स्थानीय नेता हुन् । सालिन र भद्र स्वभावका खड्का यहाका कार्यकर्ता विच लोकप्रिय रहेका छन ।

२०४२ शालको सत्याग्रह बाट आफ्नो राजनीतिक जीवनलाई गती दिएका खड्का सो समय राज्य बाट गिरफ्तार भै ५ महिना सिनेटर जेल र ५ महिना नक्खु जेल परेका थिए ।

२०४६ शालमा नेपाली विद्यार्थी संघको केन्द्रिय कार्यालय सचिव रहेका उनि २०५६ मा तत्कालिन क्षेत्र नं ३ को क्षेत्रीय सभापति मनोनित भएका थिए भने २०५७ शालमा क्षेत्रीय सभापति निर्वाचित भएका थिए ।

उनि लामो समय देखि नेपाली कांग्रेसको महाधिवेसन प्रतिनिधि तथा महासमिति सदस्य रहदै राजनीतिमा सक्रिय रहेका छन ।

अहिले प्रादेशिक क्षेत्रको टिकट दौडमा रहेका क्षेत्रीय सभापति राजु श्रेष्ठ , आत्माराम पोडेल ,न्हुछे नारायण श्रेष्ठ र सानुकान्छा श्रेष्ठ संग उनले  आंतरिक प्रतिस्पर्धा गर्नु पर्नेछ जुन पक्कै कठिन छ । तर पनि उनलाई यस क्षेत्रका दावेदारहरुमा बलियो दावेदारको रुपमा हेरिएको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।