पर्व विदाको उत्कृस्ट गन्तव्य बन्दै होटल वाटर टावर बट्टार नुवाकोट

पर्व विदाको उत्कृस्ट गन्तव्य बन्दै होटल वाटर टावर बट्टार नुवाकोट

कपन अनलाइन 

काठमाडौ,असोज ८ ।

२०७४ शालको शुभ विजया दशमी तथा दिपावलीको रौनकले छपक्कै छोपी सकेको छ। काठमाडौं बाट बाहिर जानेहरुको लर्को बस पार्क र विमान स्थलमा बाक्लै देखिई रहेको छ ।

काठमाडौं भन्दा बाहिर जाने मात्र हैन यहि बस्नेले पनि यो पर्व विदा कसरि मनाउने भनेर योजना निर्माण गर्ने यो समयमा काठमाडौं नजिकै रहेको नुवाकोट बट्टारमा रहेको होटल वाटर टावर उत्कृस्ट गन्तव्य बन्ने गरेको छ ।

नुवाकोटको बट्टारमा रहेको यो होटल त्रिशुली नदीको माथि मनोरम वातावरणमा रहेको छ जहाँ सबै किसिमका आय हुनेहरुका लागि उचित सुविधा रहेको छ ।

सो होटलमा रु. २ हजारको फ्रेन्ड्स रुम  देखि रु ६ हजारका डिलक्स सुइट कोठाहरु रहेका छन । यो होटल पूर्ण पारिवारिक र व्यवसायिक जमघटका लागि विशेष  योजना र लक्षित गरेर संचालन गरिएको होटलका प्रवन्धक राम मणी अधिकारीले बताए । यहाँ आउने आगन्तुकहरुले घर जस्तै वातावरणमा विदाको मजा लिन सक्ने उनले बताए ।

“घर भन्दा टाढाको घर ” भन्ने ट्याग लाइन राखेर संचालनमा आएको यो होटल काठमाडौं बाट केहि घन्टाको यात्रामै पुग्न  तिन वटा वाटो प्रयोग गर्दै पुग्न सकिन्छ । पहिलो बाटो धादिंग गल्छी हुदै बट्टार पुग्न सकिन्छ भने प्राकृतिक सुन्दरताका सौखिनहरुले बालाजु ककनी हुदै पनि  बट्टार पुग्न सक्दछन । यी दुइ भन्दा अर्को बाटो टोखा झोर हुदै छहरे बाट पनि बट्टार पुग्न सकिन्छ ।

नेपालको पर्यटन प्रवर्धनमा सामुहिक योगदान गर्ने उदेश्यले स्थापित हिमनदी पर्यटन सहकारी द्वारा संचालित यो होटलमा सम्मेलन हल ,बार ,मिटिंग हल ,वालवालिका र प्रौडहरुको लागि बगैचा र तालिम हल रहेका छन।

होटलको नामकरण वाटर टावर नेपालका मनोरम हिमालहरुको  प्रतिक बुझाउन सांकेतिक रुपमा राखिएको र अहिलेको पर्वहरूका अवसरमा पारिवारिक घुमफिरका लागि विशेष सुविधा प्रदान गर्ने होटल श्रोतले बतायो।

सो होटलमा आफ्नो पर्व विदा मनाउन चाहनेले ०१०-५६१८८१ ,५६१८८२,वा ५६१८८३ मा सम्पर्क गरेर अग्रिम बुकिंग गर्न सक्ने होटल वाटर टावरले जनाएको छ

 

तपाइँको प्रतिक्रिया ।