गोलभेडाका फाइदाहरू…

हामी सधै तरकारीमा हालेर वा अचार खाने गरेको गोलभेँडाको स्वस्थ्यको हिसावले निकै महत्व रहेको छ । गोलभेँडालाई हामीले तरकारीको रूपमा लिने गरेको वास्तवमा यो फलफुल वर्गमा पर्दछ । भिटामिन सिले भरिपुर्ण गोलभेडामा अन्य कयौं भिटामिन र म्यागनेसियम, फोस्फरस र कपर पाइन्छ । गोलभेडा यतिकै खान देखि सलाद, स्याण्डविच देखि तरकारीसम्म हालेर खान सकिन्छ । यहाँ tomato-tips-380-1 उल्लेख गरिएको छ

: १. गोलभेडाले कोलस्टोरले घटाउँछ भने स्ट्रोल र मुटु रोगीलाई निकै उपयुक्त मानिन्छ । २. गोलभेडामा एन्टी एजिङ एफेक्ट हुन्छ,यसमा हुने एन्टी अक्सिडेन्ट लाइकोपिनले छाला तथा कपाला स्वस्थ राख्न सहयोग गर्दछ । ३. भिटामिन र एन्टिअक्सिडेन्टको उपस्थितिले गोलभेडाले डिएनए क्षति पनि पुग्न दिँदैन् । ४. गोलभेडामा हुने भिटामिन के र क्याल्सियमले हाड बलियो बनाउन मद्दत गर्दछ । ५. गोलभेडा हुने लाइकोपनले क्यान्सर विरुद्ध लड्न सहयोग गर्दछ । यसले प्रोस्टेट,कर्भिकल, स्टोमक,रेक्टल तथा ओभरियन क्यान्सरविरुद्ध महत्वपर्ण काम गर्दछ । ६. गोलभेडाले रक्तचापलाई सन्तुलनमा राख्न सहयोग गर्दछ । ७. गोलभेडाले आँखालाई उपयुक्त हुन्छ ।

तपाइँको प्रतिक्रिया ।