चेस टुर्नामेन्टको उपाधि रिलायन्स इन्टरनेशनल स्कुललाइ

जेठ ११, शनिबार । पायोनियर इन्टरनेशनल स्कुल, कपनद्धारा आयोजित दोश्रो पायोनियर अन्तर स्कुल चेस टुर्नामेन्टको उपाधि रिलायन्स इन्टरनेशनल स्कुलका शोभित गौतमले जितेका छन् । उनले अन्तिम खेलमा आयोजक स्कुलका भुवन दाहाललाई माथ गरी पूर्ण ५ अंक जोडेका थिए । यसका साथै रनिङ्ग शिल्ड रिलायन्स स्कुलले पाए । त्यस्तै समान ५ अंक भएपनि टाइब्रेकमा आयोजक स्कुलका सन्देश कटुवाल दोश्रो भए भने भुवन दाहाल ४ अंकका साथ तेश्रा भए ।

स्वीस लिग ५ चरणको खेलमा रिलायन्सका सरोज कार्की चौथौं र सुरज राई पाँचौं भए भने छैटौंदेखि दशौंसम्म क्रमशः पायोनियरका विराज पुडासैनी, पुष्पलाल स्मृति उमाविका निश्चल श्रेष्ठ, सगरमाथा एजुकेशन एकेडेमीका दिपक कुमार मगर, शारदा एकेडेमीका रोहित लामा र नवजागृति स्कुलका यादव विक्रम थापा रहेका छन् ।
दुई दिने टुर्नामेन्टमा २० स्कुलबाट ४० जना खेलाडीहरुको सहभागिता रहेको थियो । विजयी खेलाडी तथा स्कुललाई आयोजक स्कुुलका प्रिन्सिपल शंकर राज न्यौपानेको सभापतित्वमा एक कार्यक्रमबीच नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशीले शिल्ड, मेडल तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
winner's photo

तपाइँको प्रतिक्रिया ।