अफगानिस्तानमा बम आक्रमणमा , एक नेपालीसहित सातको मृत्यु

जेन्सी, ११ जेठ/ अफगानिस्तानको राजधानी काबुलमा भएको शक्तिशाली बम आक्रमणमा एक नेपालीसहित सातजनाको मृत्यु भएको छ । घटनामा दुई नेपाली, एक इटली महिलालगायत कैयौं मानिस घाइते भएका छन् ।

राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय प्रवासी संगठनको गेस्टहाउसमा भएको आक्रमण सुरक्षागार्डका रूपमा कार्यरत तीन नेपाली सख्त घाइते भएको र एकजनाको उपचारका क्रममा मृत्यु भएको बिबिसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय प्रवासी संगठनको भवनलाई लक्षित गरी गरिएको आक्रमणको तालिबानले जिम्मेवारी लिएको छ । काबुलका प्रहरी प्रमुख जनरल अयुब सलांगीले आफूहरू अपराधिक आक्रमणको निशाना बनेको भन्दै अफगान सेनाले आक्रमणकारीलाई निशाना बनाएरै छाड्ने बताएका छन् ।

यसैबीच, त्यहाँ मारिएका र घाइते भएका नेपालीको नाम थर र नेपालको ठेगानाबारे पुष्टि भइसकेको छैन ।

तपाइँको प्रतिक्रिया ।