एएफसी कोचिङ कोर्ष आज सकियो

काठमाडौं, ११ जेठ/ अखिल नेपाल फुटबल संघद्वारा वैशाख ३० गतेदेखि काठमाडांैमा सञ्चालित एएफसी सी कोचिङ सर्टिफिकेट कोर्षको 276 भएको छ ।

समारोहबीच प्रशिक्षार्थीलाई एन्फाका उपाध्यक्ष महेश विष्टले सहभागिताको सर्टिफिकेट वितरण गर्नुभयो । विष्टले कोर्षबाट हासिल गरेको ज्ञानलाई आ– आफ्नो क्षेत्र स्कुल, क्लब, जिल्लामा प्रयोगमा ल्याउन अनुरोध गर्नुभयो ।

कोर्षमा विभिन्न जिल्लाबाट २७ जनाको सहमागिता रहेको थियो । तालिम दुई साता चलेको थियो ।

तपाइँको प्रतिक्रिया ।