बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ ले स्थानीय संग अन्तरक्रिया गर्यो
कपन अनलाइन
काठमाडौ,भाद्र ३०।
बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ ले स्थानीय संघ संस्थाका प्रतिनिधिहरु सँग तेस्रो संविधान दिवसका दिन आयोजना गर्न लागिएको बूढानीलकण्ठ सरसफाइ अभियानका सन्दर्भमा अन्तरक्रिया गरेको छ ।
उक्त अन्तक्र्रिया कार्यक्रममा वडा भित्र क्रियाशील स्थानीय संघसंस्था, महिला सञ्जाल, विद्यालय, टोल सुधार समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त भेलाले आ–आफ्नो टोल सुधार समितिले आफ्नो क्षेत्रभित्र रहेका संघसंस्थासँग समन्वय गरी सरसफाई गर्ने र अन्य संघ संस्थाले समेत आफ्ना कार्यालय अगाडि सरसफाई गरी नगरपालिकाको यो अभियानलाई भव्यताका साथ मनाउने प्रतिबद्धता गरेका छन् ।
वडा समितिका जनप्रतिनिधिहरुले समेत आ–आफ्नो क्षेत्रमा सहभागिता जनाउने वडा अध्यक्ष शम्भु प्र. भट्टराईले बताएका छन् । साथै यस अन्तक्र्रियासँग अब निरन्तर वडा भित्रका विभिन्न विषयसम्बद्ध संघ संस्था र व्यक्तिहरुसँग निरन्तर अन्तरक्रिया गरिने समेत अध्यक्ष भट्टराईले बताए ।