जो स्थानीय राजनीति बाट ओझेल परे (शृंखला १ )

जो स्थानीय राजनीति बाट ओझेल परे (शृंखला १ )

कपन अनलाइन 

काठमाडौ,भाद्र ३०।

भनिन्छ राजनीतिमा जव सम्म सक्रियता हुन्छ त्यस वेला सम्म मात्र अस्तित्व रहन्छ । जव विविध कारणले गर्दा सक्रियता कम हुदै जान्छ वा ठोस जिम्मेवारी बाट कुनै पात्र बाहिर निस्कन्छ उसको अस्तित्व एका एक ओझेलमा पर्दै जान्छ । यहा पनि त्यस्तै एक एक राजनीतिक परिदृश्य बाट ओझेल परेका केहि प्रतिनिधि पात्रहरुको वारेमा चर्चा गरिएको छ । साविकका विभिन्न गाविस र वडाहरु जुन अहिले बुढानिलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुमा विभाजित रहेका छन ति स्थानमाहरुमा एक समय निकै सक्रिय रहेका चर्चित राजनीतिक पात्रहरुको वारेमा चर्चा गरिएको छ । यसमा सबै पात्रहरुलाई विवध कारणले समेटिएको छैन । जति यहाँ समेटिएका छ ति पात्रहरु कुनै समय यस क्षेत्रमा चर्चामा रहेका पात्रहरु थिए । विविध कारणले गर्दा ति पात्रहरु राजनीतिक दृश्य बाट अहिले ओझेल परेका छन । यो सामाग्री इतिहासको उत्खनन मात्र हैन आगतमा हुने दुखद नियतिको लागि एउटा सचेतना पूर्ण सम्बोधन पनि हो । हामी यसको निरन्तर शृंखला संचालन गर्नेछौ ।

एक समय निकै चर्चामा रहेर पनि अहिले राजनीतिक परिदृश्य बाट ओझेल परेका केहि प्रतिनिधि पात्रहरु

  • विष्णु सापकोटा

विष्णु सापकोटा साविक कपन गाविसको प्रगतिशील  आन्दोलनको अगुवा नाम थियो । २०४९ शालको स्थानीय निकायको निर्वाचनमा  तत्कालिन वडा नं १ को अध्यक्ष पदमा पराजित भएका सापकोटालाई यस क्षेत्रको कम्युनिस्ट राजनीतिको श्री गणेश गरेको श्रेय दिईने गरिन्छ । तर अहिले सापकोटा सामान्य व्यवसाय गरेर जीवनयापन गरिरहेका छन । उनलाई एमालेको कुनै पनि औपचारिक कार्यक्रममा अहिले कहिँ कतै देखिदैन । उनि एक एक ओझेलमा परेका पात्र हुन् ।

  • केशव पाठक

केशव पाठक २०५४ शालको स्थानीय निकायको निर्वाचनमा एमालेको तर्फ बाट निर्वाचित चर्चित युवा हुन् । कपन क्षेत्रको सामाजिक विकास र पत्रकारिताको क्षेत्रमा स्थापित नाम पाठक एकाएक निर्वाचित सदस्य पद बाट राजिनामा गरेर स्वतन्त्र भए । विविध सामाजिक र अन्य गतिविधिमा संलग्न पाठक यस क्षेत्रको नविन र सृजनात्मक गतिविधिको अगुवा बनेर धेरै कार्य सम्पन्न गरे तर पनि उनि कुनै प्रत्यक्ष राजनीतिक भूमिकामा राजिनामा पश्चात देखिएनन् । अहिले नेपाली कांग्रेसको क्रियाशील सदस्य भएता पनि उनि कुनै कमिटि गत भूमिकामा रहेका छैनन् । सृजनशील मस्तिस्क भएका पाठक पछिल्लो समय कपन अनलाइनको संस्थापक प्रधान सम्पादकको भूमिका निर्वाह गर्दै यस क्षेत्रको प्रवर्धनात्मक र प्रचारात्मक अभियानमा संलग्न रहे तर कुनै उनको प्रत्यक्ष  राजनीतिक भूमिका देखिएन । हाल उनि काठमाडौं खवर डट कम पत्रिकाको प्रधान सम्पादकको भूमिकामा छन ।

  • श्रीराम पौडेल

श्रीराम पौडेल नेकपा एमालेको तर्फ बाट तत्कालिन कपन गाविसको उपाध्यक्ष पदमा निर्वाचित भएका व्यक्ति हुन् ।अहिले उनि कपन गाविसमा बस्दैनन् र उनका पछिल्ला गतिविधिको वारेमा कोहि जानकार नरहेको अवस्था छ ।

  • सुवाष राई

सुवाष राई एक समय कपन को राजनीतिमा निकै चर्चित नाम थियो । तत्कालिन कपन गाविसमा राजनीतिक संयन्त्रको प्रतिनिधि र माओवादीको कपन प्रमुख रहेका राइले छोटो समयमा नै चर्चा बटुलेका थिए । सालिन व्यक्तित्व र नरम व्यवहार रहेका राई यस क्षेत्रमा व्यवहारिक र विकास प्रेमी नेताको रुपमा स्थापित बनेका थिए । अहिले पनि परिभाषित राजनीतिक जिम्मेवारी रहे पनि उनि सक्रिय देखिदैनन । उनि अहिले आफ्नो ट्रेकिंग व्यवसायमा केन्द्रित रहेको उनले सामाजिक संजालमा राखेका गतिविधि बाट अनुमान गर्न सकिन्छ ।

  • प्रकास थापा

प्रकाश थापा यस क्षेत्रको माओवादी आन्दोलनमा होमिएको प्रारम्भिक नाम हरु मध्य पर्दछ । २०६२/०६३ को आन्दोलन पछी एका एक चर्चामा आए । तत्कालिन कपन गाविसमा प्रतिनिधि र माओवादीको नेताको रुपमा अगाडी आए पनि उनि एकाएक विदेस पलायन भए । पछिल्लो समय नेपाल फर्किए पनि उनि अहिले सहकारी लगायतको क्षेत्रमा सक्रिय भए पनि उनि राजनीतिमा सक्रिय छैनन् ।

  • मधुसुदन पौडेल

मधुसुदन पौडेल एक समय कांग्रेसको राजनीतिमा चर्चित नाम हो । तत्कालिन कपन गाविस कांग्रेसको सभापति रही सकेका पौडेल अहिले शिक्षा क्षेत्रमा सक्रिय छन । पछिल्लो समय उनको कुनै पनि राजनीतिक सक्रियता देखिदैन ।

  • जुजुभाइ श्रेष्ठ
  •  जुजुभाइ श्रेष्ठ साविक चुनिखेल गाविसका २०५४ शालमा निर्वाचित गाविस अध्यक्ष हुन् ।अहिले उनि सामान्य राजनीतिक गतिविधि बाहेक कुनै पनि ठोस राजनीतिक जिम्मेवारीमा छैनन् । शिक्षा क्षेत्रमा क्रियाशील रहेका श्रेष्ठ एकाएक सक्रिय राजनीति बाट ओझेल परेका थिए
  • धुर्व रिमाल

धुर्व रिमाल तत्कालिन महांकाल गाविसमा एक समय निकै चर्चित नाम रहेको थियो । तर पछिल्लो २ /३ वर्ष देखि रिमाल स्थानीय राजनीतिमा सक्रिय देखिदैनन् । महांकाल गाउ कमिटिको सचिव ,क्षेत्रीय सदस्य रहेर काम गरेका रिमलाहिले स्थानीय भूगोल छोडेर अन्य क्षेत्रमा क्रियाशील रहेका छन । रचनाम्त्मक र सृजनशील गतिविधिमा रुची राख्ने रिमाल कुशल संगठकको रुपमा परिचय बनाएका व्यक्ति हुन् । स्थानीय राजनीति बाट अहिले उनि ओझेलमा छन ।

  • नहकुल खड्का

नहकुल खड्का तत्कालिन महांकाल गाविसका २०५४ शालको स्थानीय तहको निर्वाचनमा निर्वाचित उपाध्यक्ष हुन् ।अहिले उनि कुनै पनि औपचारिक राजनीतिक भूमिकामा छैनन् ।

जो चर्चामा रहदै विदेस पलायन भए

कतिपय यस क्षेत्रका विशेष कपनका स्थ्यनिय नेताहरु राजनीतिक चर्चामा रहदै विदेश पलायन भएका छन जसमा राम हरी भण्डारी ,प्रमोद कंडेल र गोपाल पौडेलको नाम अगाडी आउछ । उनि हरु तत्कालिन गाविसमा नेकपा एमाले को तर्फ बाट क्रमस उपाध्यक्ष र वडा अध्यक्षमा निर्वाचित भएका थिए ।त्यस्तै एक समय कपन कांग्रेसका चर्चित नेता केशव भट्टराई अहिले विदेस पलायन भएका छन ।

यी माथि उल्लेख गरिएका  तत्कालिन विभिन्न गाविस र हाल बुढानिलकण्ठ नगरपालिका को राजनीति बाट ओझेल परेका प्रतिनिधि पात्र हुन् । यसमा धेरै त्यस्ता पात्र हरु छुटेका छन जसको राजनीतिक इतिहास लामो र राम्रो रहेको छ । कसैको पनि इतिहास मर्नु भनेको त्यस व्यक्तिको हत्या गर्नु भन्दा जघन्य अपराध हो भनिन्छ त्यसैले हामी यो सामग्री प्रस्तुतिको शृंखला निरन्तर जारि राख्नेछौ । यसमा पाठकहरुले त्यस्ता पात्र हरुको विवरण हामीलाई उपलव्ध गराउन अनुरोध गर्दछौ ।

तपाईहरुले त्यस्ता ओझेलमा परेका पात्रको विवरण [email protected] वा ९८४११७६७९६ मा उपलव्ध गराउन सक्नुहुन्छ ।

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।