काठमाडौ महानगरपालिकाका १०० दिनका कामहरु
कपन अनलाइन
काठमाडौ,भाद्र २६ ।
काठमाडौ महानगरपालिकाका जनप्रतिनिधिआफ्नो कार्यकालको १०० दिन पुरा गरेका छन । स्थानीय तहको निर्वाचनमा विजयी बनेका जनप्रतिनिधिले सपथ ग्रहण गरे पछाडिको १०० दिनमा विभिन्न वडामा के कस्ता काम भए र ति काम सम्पन्न भए पश्चात कस्ता उपलव्धी भएका छन । यसै विषयमा केन्द्रित रहेर कपन अनलाइनले तयार पारेको सामाग्री यहाँ प्रस्तुत गरेका छौ।धेरै अपेक्षा र आशा हरुको विच निर्वाचित शाक्य ले यस अवधिमा गरेका केहि कार्यहरुको विवरण यहाँ प्रस्तुत गरिएको छ ।
उनले सार्बजनिक कार्यक्रम मा निर्वाचनको बेला गरेको प्रतिबद्धता बमोजिम सय दिनमा गर्ने भनिएको १०१ काम मध्ये अधिकाश कार्य सम्पादन भएको र पद बहाली गरेको दिन देखि नै बिकास सम्बन्धि १०१ मध्ये ८६ काम सुरु भएको जानकारी काठमाडौं महानगरपालिकाले दिएको छ ।
कति पय कामको नतिजा आइसकेको र कतिपय कामहरु कार्यान्यनको चरणमा नै रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।कतिपय प्रतिबद्धता कार्यान्यनको लागि नीतिगत तथा ब्यबस्थापकीय प्रबन्ध सुरु भएको र आफुले गरेका सबै प्रतिबद्धताहरु कार्यान्वयन भएको अर्थमा बुझिदिन काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर साक्यले सार्वजनिक रुपमा आग्रह पनि गरेका छन्।
उनले प्रतिबद्धता गरेका १०१ कामहरु कार्यान्वयन भैरहेको र अहिले नै जनअपेक्षा अनुरुप उपलब्धि हासिल नभएपनि अधिकास बिषयमा विनियोजित एन २०७४ आर्थिक वर्षा २०७४/७५ नीति, योजना , कार्यक्रम र बजेटमा समाबिष्ट भएको बताएका छन ।
नया संविधान कार्यान्वयनका लागि कानुनी ब्यबस्था एब संरचनागत परिबर्तनका कार्य भैरहेको बर्तमान संक्रमणकालीन अवस्थामा जनताबीच गरिएका प्रतिबद्धता र घोषणा र कार्यक्रमहरु सम्पादन गर्ने काम त्यति सहज नभएको उनले स्वीकार गरेका छन ।
यस्तो परीस्थिथिमा पनि महानगरपालिकाले स्थानीय तहको सरकारले गर्ने कार्यमध्ये केहि महत्वपूर्ण कामको थालनी गरेको र नेपालको संविधानको धारा २३० बमोजिम नगरसभा बाट आर्थिक एन २०७४ र बिनियोजन एन २०७४ जारि गरि राजश्व र खर्चको अनुमान महानगरपालिकाको लागि एक बर्षे , पाच बर्षे र बीस बर्षे बिकासको नीति योजना तथा कार्यक्रम पारित गरेको प्रमुख शाक्यले बताए ।
काठमाडौ महानगरपालिकाका १०० दिनका मुख्य कामहरु
क) सरसफाई तर्फ
१)उनले काठमाडौ महानगरपालिकाको शहर सफा गर्ने अभियान अनुरुप क्लिन द सिटि कार्यक्रम अन्तर्गत वडा वडा बाट जनपरिचालन गरि दैनिक रुपमा फोहोर संकलन भन्दा बाहेक एकहजार ९५ मेट्रिक टन फोहोर सङ्कलन गरि अन्तिम ब्यबस्थापन गरिएको ।
२) ग्रीन त सिटी कार्यक्रम अन्तर्गत सय दिनको अबधिमा काठमाडौं महानगरपालिका क्षेत्रभित्र १८०३ वोटा बिरुवा वृक्षारोपण गरिएको ,
३) उज्यालो अभियान अन्तर्गत ३२ वटै वडा क्षेत्रमा अभियान कै रुपमा १७७६ थान सौर्य बत्ति जडान गरि करिब ६९३ किलोवाट बिद्युत किफायत भएको महानगरले जनाएको छ ।
४) जेस्ठ नागरिक को जिबनयापन सहज बनाउने उदेश्यले ८८ वर्ष पुगेका ४ सय ८९ जेष्ठ नागरिकहरुका लागि १२ हजार रुपैया महानगर बिशेष भत्ता र घरमै पुगी दक्ष चिकित्सकबाट नि:शुल्क स्वास्थ्य परिक्षणगरेको र अब ७५ वर्ष उमेर पुगेको महिला र ८० वर्ष पुगेका पुरुषलाइ समेत यसै बमोजिम सेवा उपलब्ध गराउने तयारि सुरु गरेको बताए ।
जेष्ठ नागरिकहरुको लागि वडा वडामा मनोरन्जनात्मक स्थल ,बिश्रामस्थल ,जेष्ठ नागरिक भवन ,क्लब स्थापाना गरि संचालन सुरू गरिएको बताए ।
५) पूर्ण अपाङ्गता भएका व्यक्तिलाई बार्षिक ३ हजार उपलब्ध गराउनुको साथै अन्य बर्गका अपाङ्गता भएका व्यक्तिहरुको क्षमता बिकाश तथा सहजीकरण कार्यक्रम संचालन गरेको महानगरले बतायो ।
ख) विकास निर्माणतर्फ
भौतिक संरचनाहरु अपाङ्गता मैत्री बनाउने कार्यको सुरु ३,७ र वडाको र्याम्प निर्माण प्रारम्भ भएको र काठमाडौलाइ स्मार्ट सिटि बनाउने सपना पनि आफै कार्यकालमा पुरा गर्ने बताए ।
सम्पदा क्षेत्र उद्धान र अन्य सार्बजनिक स्थलहरु क्रमश ‘वाइफाई फ्री जोन’ बन्ने बताए बालाजु ,रत्नपार्क बसन्तपुर लगायतका स्थानलाइ ‘वाइफाई फ्री जोन’ बनाएको बताए । फोहोर बाट बिजुली ,ग्यास ,जैविक मल कौशी खेतिलाइ प्रवर्द्धन प्रारम्भ भएको र दैनिक ३ मेट्रिक टन फोहोर बाट १४ किलोवाट बिजुली उत्पादन शुरु भएको ।
उनले ‘मोनोरेल, मेट्रोरेल ,सिटि केबलकार संचालनमा आउनुपूर्व सार्बजनिक यातायातको प्रबर्द्धन गर्नुको विकल्प नभएकोले साझा यातायात संख्या वृद्धि गरि महानगर भित्र सार्बजनिक यातायातसहज बनाउने कामको थालनी गरेको त्यै अनुरुप थप रु ५ करोड लगानीबाट थप २० वटा ठुला सहरी बस थपिदै रहेको बताए। तेस्तै गरि काष्ठमण्डप, रानीपोखरी र अन्य महत्वपूर्ण सम्पदाहरुको पुन:निर्माण काठमाडौँ महानगरकै नेतृत्वमा अघि बढेको बताए।
महानगरपालिकाका सम्पूर्ण कार्यहरुलाई भ्रस्टाचार मुक्त र पारदर्शी बनाउन वडा कार्यालयहरुमा हेल्प डेक्स स्थापना गर्ने र सिसिटिभी जडान गर्ने कार्यको थालनी भएको ,भवन निर्माण प्रणालीमा सुधार गर्न इबिपिएस् विथ डिजिटल सिग्नेचर लागु गर्ने काम अन्तिमचरणमा रहेको जानकारी दिए ।
नेपाल सरकारका सम्बद्द निकाय ,बिदेशी नियोग, स्वदेसी तथा बिदेसी लगानीकर्तासंग काठमाण्डौ उपत्यकामा निर्माण गर्ने ठुला पूर्वाधारका योजना तथा एकीकृत बिकासका परियोजनाहरुका बारेमा गहन छलफल अगाडी बढेको र काठमाडौँ महानगरपालिकाको लागि योजना नीति तथा रणनीति तर्जुमा गर्न आवश्यक विषयमा अध्ययनअनुसन्धान गरि स्मार्ट सिटी निर्माण को लागि शहरी योजना आयोग गठन गर्ने नियमावली पारित गइ अघि बढाइएको छ ।
वडा वडामा बालबालिकाको हकहित संरक्षणका लागि बाल कल्ब , शिशु स्याहार केन्द्र स्थापित गर्ने कार्य शुरु गरिएको जानकारी महानगरले दियो ।
काठमाडौँको बिभिन्न सार्बजनिक जग्गा ,चोक तथा अब्यबस्थित उद्यानहरुलाई ब्यब्स्थित उद्यान बनाउने अभियान प्रारम्भ भएको। यस अन्तरगत ६ वटा नया उद्यान बनेका छन् भने अधिकांस उद्यानहरुमा मर्मत सुधार भइ हरियाली प्रबर्द्धन गरिएको छ।
लामो समय देखि हुन नसकेको परिबर्तित अधिकारलाई प्रभाबकारी रुपमा कार्यान्यन गर्न गराउन काठमाडौ महानगरपालिकाको संघठन संरचना, कर्मचारी दरबन्दी संरचनार कार्यबिबरण तयार गर्ने थालनी भएको ।जमिन मुनिको पानीको तहलाइ बढाउने र बर्षातको पानीको उपयोगलाइ प्रबर्द्धनगर्ने उदेश्यका साथ् बर्षातको पानि संकलन र रिचार्ज प्रणालीको वडा तहबाट थालनी भएको महानगरले बताएको छ ।
काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका ८४ स्थानमा ढल निर्माण १५०७ स्थानमा मंगाल मर्मत सफाई तथा स्तारुन्नती गरि बर्षात को ढल ब्यबस्थापनमा सुधार गरेको , काठमाडौ महानगरपालिका क्षेत्रभित्र आफु मातहत रहेको आठ मिटरभन्दा साना सदखारू करिब शतप्रतिशतमा आवश्यकता अनुसार कालोपत्रे गरेको मर्मत , ग्राबेल गरेको ,ढलान गरेको इँटा तथा इन्टरलक् ब्लक बिछ्याउने र खाल्टा खुल्टी पुर्ने काम जुन लामो समय देखि हुन नसकिरहेको काम महानगरले सम्पन्न गरेको छ ।
वडावडा तहबाट यसको नेतृत्व गर्ने गरि नगर कार्यपालिकाको निर्णयबाट आधिकार र श्रोत साधन बिनियोजन गरि कार्यसम्पादन गरिएको ।काठमाण्डौ महानगरपालिका क्षेत्रभित्रका सडक पेटीमा यात्रु आवागमनलाई सहज र ब्यबस्थित गर्न फुटपाथ अतिक्रमण हटाउने कार्य कलंकी ,बानेश्वर, मैतिदेबी ,गौशाला लगायतका क्षेत्रबाट शुरु भैसकेको जानकारी महानगरले दिएको छ ।
तराइका विभिन्न जिल्लाहरुमा बाढी ,पहिरो ,डुबानबाट प्रभावित व्यक्तिहरुलाई उद्धार र राहतको निम्ति प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ३९ लाख रुपैया सहयोग गरेको सामाखुसीको नालामा परि घाइते भएकी सत्या सापकोटालाइ १ लाख रुपैयाको बिमा र तारकेश्वोर बाढीमा परि दिबंगत बिनिता फुयालको परिवारजनलाइ २५ हजार रुपैया सहयोग गरिएको छ ।
त्यस्तै सामाजिक आर्थिक हिसाबले पिछडिएका वर्ग महिला यूवा बेरोजगार अपाङ्गता भएका व्यक्तिहरुको जीवनस्तरमा सुधार ल्याउनका लागि २९८ जनालाई विभिन्न प्रकारका सिपमुलक तालिमहरु दिईएको र सुकुम्बासी बस्तिमा ९० दिनको साक्षरता कक्षा संचालन गर्नुका साथै फोहोरमैला ब्यबस्थापनमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरि कार्य शुरु भूकम्प प्रभावित लाभग्राही संख्या ७१७१ मध्ये ५५०० संग सम्झौता भएको र ५३३१ ले पहिलो किस्ता प्राप्त गरेको गरेका छन भने वडा भवन तथा अन्य सामुदायिक भवनहरुको पुन:निर्माण मर्मत तथा जिर्णोदार गर्ने कार्य अन्तर्गत १४ वटा भवन निर्माण मर्मत तथा जिर्णोदार सम्पन्न भएको महानगरले बताएको छ ।
देसको राजधानी काठमाडौ महानगरपालिका मा धेरै समस्या र सम्भावना दुवै रहेका छन यसमा भारी मत प्रदान गर्ने मतदाताहरुको अपेक्षा सम्बोधन गर्नु पर्ने बाध्यकारी अवस्थामा सोचे जति कार्य गर्न नसकेपनि दिर्घकालिन रुपमा महानगर निर्माणको खाका तयार पारिएको र त्यसको कार्यान्वयनमा लाग्ने प्रमुख शाक्यले बताएका छन।
महानगरमा रहेका प्रशासनिक ,प्रक्रियागत र मनोगत रुपमा सिर्जना भएका समस्या पहिचान गर्न र तिनको निधान खोज्न बढी समय दिनु परेको स्वीकार्दै प्रमुख शाक्यले आगामी दिनमा आफ्नो सम्पूर्ण ध्यान महानगर निर्माण र सुधारमा केन्द्रित हुने बताए ।