शिक्षा विभागले स्थानीय तहमा कर्मचारी खटायो बुढानिलकण्ठमा नवराज नेपाल

 शिक्षा विभागले स्थानीय तहमा कर्मचारी खटायो बुढानिलकण्ठमा नवराज नेपाल

कपन अनलाइन 

काठमाडौ,भाद्र २६ ।

शिक्षा विभागले स्थानीय तहमा कर्मचारी खटाएको छ । स्थानीय सरकार गठन भएको ३ महिना पछि बल्ल शिक्षा विभागले ७ सय ५३ स्थानीय तह मध्ये ३ सय ९१ मा कर्मचारी खटाएको हो ।

गत शुक्रबारको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्मलाई पदाधिकार रहेको निकायबाट तलबभत्ता भुक्तानी हुने गरी स्थानीय तहमा शिक्षा सम्बन्धि कार्य गर्ने गरी काज खटाईएको विभागले जनाएको छ ।

खटाएको स्थानीय तहमा अविलम्ब हाजिर हुन समेत विभागले कर्मचारीहरुलाई निर्देशन दिएको छ ।काठमाडौं जिल्लाका विभिन्न नगरपालिका मा पनि शिक्षा विभागले कर्मचारी खटाएको छ ।

बुढानिलकण्ठ नगरपालिकामा  विभागले शाखा अधिकृत नवराज नेपाललाई पठाएको छ।

 

तपाइँको प्रतिक्रिया ।