कागेश्वोरी मनोहरा नगरपालिका वडा नं २ का १०० दिनका मुख्य उपलव्धीहरु

कागेश्वोरी मनोहरा नगरपालिका वडा नं २ का १०० दिनका मुख्य उपलव्धीहरु

कपन अनलाइन 

काठमाडौ,भाद्र २३ ।

कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिहरुले आफ्नो कार्यकालको १०० दिन पुरा गरेका छन । स्थानीय तहको निर्वाचनमा विजयी बनेका जनप्रतिनिधिले २०७४ जेष्ठ १४ गते सपथ ग्रहण गरी आफ्नो पदभार ग्रहण गरेका थिए । सपथ ग्रहण पछाडिको १०० दिनमा विभिन्न वडामा के कस्ता काम भए र ति काम सम्पन्न भए पश्चात कस्ता उपलव्धी भएका छन । यसै विषयमा केन्द्रित रहेर कपन अनलाइनले तयार पारेको सामाग्री यहाँ प्रस्तुत गरेका छ। कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ मा १०० दिनको कार्यकालमा सम्पन्न भएका विभिन्न कामहरुको विवरण वडा नं २का अध्यक्ष सुदर्शन धिमाल  संगको कुराकानीमा आधारित रहेर तयार पारिएको छ।

कागेश्वोरी मनोहरा  नगरपालिका वडा नं २ का १०० दिनका मुख्य उपलव्धीहरु

विकास निर्माण

विकास निर्माण तर्फ वडा नं २ मा विभिन्न योजना हरु सम्पन्न र संचालन भएका छन । यस्ता । भूकम्प पछी  का भग्नावशेष ले मुख्य सडक अतिक्रमण भैरहेको र ड्रेन पनि पुरिएको थियो  त्यो पन्छाई अतिक्रमित सडक का जग्गाको १० मिटर मापदण्ड अनुसार हटाउने काम गरियो त्यस्तै गरि बाटो को खाल्डा खुल्डी पुरेको । आलापोट सुर्यमंडली नगरपालिका पहिलाको बजेट अन्तरगत रहेर बस्तुबिकास परियोजना को ५५ लाख को ढलान कार्य भैरहेको । नया योजनाहरु सम्झौता को चरण मा राखिदिएको

  कागेश्वरी मेला

 कागेश्वोरी मेला ब्यबस्थापनको बैठक बसेर केहि काम गर्ने जिम्मेवारीका साथ  कृष्ण मन्दिर आलापोट बाट कागेश्वरी  महादेव मन्दिर जाने बाटो मा वडा २ ले मेलाको लागि अस्थाई सौचालय महिला र पुरुष को लागि भनेर निर्माण गर्यो  मेलाको लागि भनेर कागेश्वरी महादेव जाने बाटो मा अस्थाई धारा पनि १ दिन लाइ हालियो तेस्तै  विभिन्न सस्था सेना स्वयं सबक संग मिलेर मेलाको लागि  भनेर कागेश्वोरी महादेव जाने बाटो मर्मत गरियो सरसफाई गरिएको कुरा अध्यक्ष धिमालले  बताए ।

स्वास्थ्य क्षेत्र र खानेपानी  

कागेश्वरी मनोहरा नगरपालिका ले पूर्ण खोप दिवस मनायो । वडा नं २ आलापोट मा रहेको सहयोगी साकोस संग मिलेर हरिशिद्दी क्यान्सर अस्पतालको समन्वयमा स्वस्थ शिबिर संचालन गरियो । जसमा १३० जना महिलाले स्वस्थ परिक्षण गरेकोमा कसैको अपरेसन गर्नु परेमा निसुल्क गरिदिने  बचन प्राप्त भएको छ । वडाको स्वास्थ्य चौकी बाट प्रदान गरिने सेवाको वारेमा जनतालाई प्रत्यक्ष जानकारी दिनु साथै खानेपानी को लागि पाखुरे मा खानेपानी पाइपलाइन मर्मत र केहि बिस्तार भएको कुरा वडा अध्यक्ष सुदर्शन धिमालले   कपन अनलाइनलाई बताए यसका साथै वडालाई स्वच्छ र सुन्दर बनाउनका लागी विविध वातावरण संरक्षणका कार्यक्रम पनि वडा नं २ ले संचालन गरेको छ।

 

 

तपाइँको प्रतिक्रिया ।