बाढी पिडितहरुको राहतमा जुट्यो नेपाल तरुण दल
कपन अनलाइन
काठमाडौ,भाद्र २३/बद्री भट्टराई
बाढी पिडितहरुको राहतमा जुटेको काँग्रेस भातृ संगठन तरुणदलको “एक तरुण एक राहत” अभियान अहिले बारा, पर्सा, र रौतहटमा सक्रिय रहेको छ । देश तथा विदेश बाट प्राप्त सहयोगहरु बोकी तराईको पिडामा मलम लगाउन जुटेको तरुणदल अध्यक्ष जितजंग बस्नेतको समुहले विपदमा परेका नागरीकहरुलाई नगद, औषधी , खाद्यन्न, तथा पालहरु वितरण गरेको छ ।
तरुणदलले रौतहटमा १ लाख ७५ हजार नगद सहित ८० थान मण्डी प्रदान गरेको छ । बारा जिल्लामा १ लाख ५० हजार पर्सा जिल्लामा नगद १ लाख तथा ५० थान व्लायङेकट वितरण गरेको छ । बस्नेत ले बाढि प्रभावित जिल्लाका तरुणदल अध्यक्ष तथा काँग्रेस जिल्ला पार्टी र भातृ संगठनहरुको उपस्थितीमा उक्त सहयोगहरु वितरण गरेका थिय ।
बस्नेत संगै रातह वितरण अभियानमा तरुणदल महासचिव भुपेन्द्र जंग शाही , उपाध्यक्ष उत्तम चापागाई र कोषाध्यक्ष विद्धान गूरुङ्ग लगायतका तरुण नेताहरु आइतबार देखी तराईका जिल्लाहरुमा सक्रिय रहेका छन । विपदका नागरीकको सहयोगमा सदैव जुटिरहने बताउदै अध्यक्ष बस्नेतले यो अभियान जारी रहने बताएका छन ।