शंखरापुर नगरपालिका वडा नं ६ का १०० दिनका मुख्य उपलव्धीहरु
कपन अनलाइन
काठमाडौ,भाद्र २२ ।
शंखरापुर नगरपालिकाका जनप्रतिनिधिहरुले आफ्नो कार्यकालको १०० दिन पुरा गरेका छन । स्थानीय तहको निर्वाचनमा विजयी बनेका जनप्रतिनिधिले आफ्नो पदभार ग्रहण गरेका थिए । सपथ ग्रहण पछाडिको १०० दिनमा विभिन्न वडामा के कस्ता काम भए र ति काम सम्पन्न भए पश्चात कस्ता उपलव्धी भएका छन । यसै विषयमा केन्द्रित रहेर कपन अनलाइनले तयार पारेको सामाग्री यहाँ प्रस्तुत गरेका छौ ।शंखरापुर नगरपालिका वडा नं ६ मा १०० दिनको कार्यकालमा सम्पन्न भएका विभिन्न कामहरुको विवरण शंखरापुर् वडा नं ६ का अध्यक्ष राधा कृष्ण श्रेष्ठ संगको कुराकानीमा आधारित रहेर तयार पारिएको छ ।
शंखरापुर नगरपालिका वडा नं ६ का १०० दिनका मुख्य उपलव्धीहरु
क) शंखरापुर नगरपालिका ६ को पहिलो निर्णय अनुसार साखु बसपार्क नजिक रहेको एतिहासिक कलश पोखरी सरसफाई गरिएको ।
ख) ३ किलोमिटर पाइप बिछ्याई छालिंग बन बाट इपाटोल देखि मुस्याङपु टोलमा सात दिनमा सात वोटा सार्बजनिक धारा निर्माण गरिएको ।
ग) CTEVT मुनिको बस्तिमा २ वटा सार्बजनिक धारा निर्माण गरिएको ।
घ) सुनटोल स्थित खानेपानी फिल्टर मर्मत गरिएको ।
ङ) शंखरापुर् नगरपालिका बाट प्रत्येक वडाअध्यक्षलाई दिइने मोटरसाइकल सुबिधा नलिने निर्णय गरेको ।
च) ऐतिहासिक नाइँ खोलामा हिमपाइप राखी खोला लुकाई जग्गा प्लाटिंग गरिएकोमा स्थानीय वासी तथा बुद्धिजिबीको सहायोगमा हिम पाइप झिकी खोलालाई पुरानै स्वरूपमा फर्काएको ।
छ) जेस्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता घरघरमा नै पुर्याउन सफल भएको ।
ज )शंखरापुर नगरपालिका रन्जना लिपिमा लेखिएको ।
झ) शंखरापुर साखु मा रहेको राज कुलो सरसफाई
ञ)शंखरापुर सुनटोलमा रहेको नारयण मन्दिर पुरातत्व बिभागको आर्थिक सहयोगमा पुन निर्माण हुदै गरेको त्यसतै सलाम्बुटार ,सतीटार कृषि सडक निर्माण गरिएको ।
आगामी दिन हरुमा पनि सम्पूर्ण शंखरापुर बासि हरुले येसरी नै साथ् र सहयोग अनि हौसला प्रादान गरि हातेमालो गर्दै बिकास निर्माणमा जुट्नु हुने छ भन्ने बिस्स्वास वडा नं ६ का अध्यक्ष श्रेष्ठले लिएका छन ।