भाद्र २४ गते रक्तसञ्चार कोषको रक्तदान कार्यक्रम हुने

भाद्र २४ गते  रक्तसञ्चार कोषको रक्तदान कार्यक्रम हुने

कपन अनलाइन 

काठमाडौ,भाद्र २२ ।

१०४ औं वी.पी जयन्ती १०४ औं वी.पी जन्म जयन्तीको अवसरमा हात्तिगौडा रक्तसंचारको नियमित रक्तदान कार्यक्रम हुने । महामानव वी.पी कोइरालाको १०४ औं जन्मजयन्तीको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्न भएको छ ।

गोल्फुटार बास्केटबल खेल मैदानमा हुने रक्तदान कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको संस्थाका अध्यक्ष राजु भण्डारीले बताएका छन । प्रथम जनआन्दोलनको समय देखी काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको हात्तिगौडा रक्तसंचार कोषको महत्व र परिचय अद्धितिय रहेको छ ।

समग्र नेपालको आन्दोलनमा हात्तिगौडा रक्तसञ्चार कोष मार्फत भएका कार्यहरुलाई समेत स्मरण गरिने यस कार्यक्रममा सहभागीताका लागि आयोजकले सबै समक्ष आग्रह समेत गरेको छ । रक्तदान कार्यक्रम भाद्र २४ गते शनिबार विहान ८ बजे बाट गोल्फुटार बास्केटबल कोर्टमा हात्तिगौडा हुने बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।