इन्द्र दह मेला भव्य रुपमा सम्पन्न

इन्द्र दह मेला भव्य रुपमा सम्पन्न

कपन अनलाइन

काठमाडौ,भाद्र २१ ।

काठमाडौँको पश्चिम भेग  चन्द्रागिरी नगरपालिका १ दहचोकमा रहेको इन्द्र दहमा आज बिशेस मेला सम्पन्न भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पुर्णिमाको दिनमा इन्द्र दह परिसरमा इन्द्र स्नान मेला लाग्ने गरेको छ। इन्द्र स्नान मेलाको लागि भाद्र चतुर्दशीका दिन इन्द्र दह परिसरमा रात भर जाग्राम  बसी भोलिपल्ट यस मन्दिर परिसरमा रहेको दहमा स्नान गरि इन्द्र गणेश र बाशुकी नागको पुजा गर्ने चलन रहेको छ ।

इन्द्र दहको बारेमा धेरै पौराणिक कथन पाइन्छ त्यस मध्य  एक कथन अनुसार स्वर्गमा नपाइने पारिजात फुल टिप्न इन्द्र धर्तिमा आए। हालको मरुस्थल नजिकैको बगैचामा फुल चोर्न लाग्दा इन्द्रलाई  स्थानीय बासिन्दाले पक्रेर बाधी राखे ।इन्द्र स्वर्ग नफर्किएपछी इन्द्र माता आइ बिलौना गरिन र वर्ष भरि मरेका आत्मालाई स्वर्ग लैजाने र गहु तथा धान पकाउन हुस्सु कुहिरो पठाइदिने सर्तमा इन्द्र लाइ फर्काएर लगिन । र वर्ष भरि मरेका आत्मालाई इन्द्र दहमा छोडेर इन्द्र स्वर्ग गए पौराणिक कालमा इन्द्रले यस दहमा  स्नान गरेको हुदा यस दहलाई इन्द्र दह भनिएको र ऐरावत हात्तीमा संगै बसेको देवताका राजा इन्द्र र इन्द्रायणीको मुर्ति यस स्थान बाहेक अन्त न भेटिएकोले यसको ठुलो महत्व रहेको कुरा चन्द्रागिरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष राजेन्द्र के.सीले कपन अनलाइनलाई  बताए ।

यस दहमा स्नान गरि इन्द्र दह परिसरमा एउटा आकारमा ठुलो प्यागोडा शैली र अर्को शिखर शैलीको मन्दिर देख्न सकिन्छ जुन मन्दिर २०७२ बैशाख १२ को विनासकारी भुकम्पले  केहि क्षति पुर्याएको छ जहाँ गणेश, शुर्य, इन्द्र इन्द्रायणी ,र  रहेका छन् दह नजिकै बाशुकी नागको पनि प्रतिमा रहेको छ। दहमा स्नान गरि त्यहा पुजा गरेमा चर्म रोग निको हुने र पितृ उद्धार भै शुख शान्ति र समृद्ध प्राप्त हुने बिश्वास रहेको कुरा वडा अध्यक्षले बताउनु भयो । मेला भर्न र इन्द्र दहमा स्नान गर्न काठमाडौं उपत्यका लागायत आसपासका जिल्ला बाट हज्जारौ को संख्यामा दर्शनार्थीहरुको घुइचो देख्न सकिन्थ्यो ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।