आणविक हतियारको विकास विनाशकारी युद्दको संकेत

आणविक हतियारको विकास विनाशकारी युद्दको संकेत

कपन अनलाइन                 

काठमाडौं /विचार /सन्तोष लुइटेल

विश्वका सुप्रशिद्द बैज्ञानिक अल्बर्ट आइन्स्टाइनले दोस्रो विश्वयुद्ध पश्चात एकजना पत्रकारको प्रश्नको जवाफमा भनेका थिए  ” तेस्रो विश्वयुद्ध कसरि तथा कस्ता हतियारले हुन्छ म भन्न सक्दिन तर चौथो विश्वयुद्धमा  भने लट्ठी एवं ढुङ्गाको प्रयोग हुनेछ| उनको यो भनाइ जति सामान्य र व्यंग्यात्मक थियो त्यति नै मानब समाजको भविष्यको लागि खतरनाक संकेत पनि थियो | आफैले सुत्रपात गरेको सुत्रद्वारा समाजमा सकारात्मक परिवर्तन तथा शक्तिको विकास गर्ने परिकल्पना गरेका बैज्ञानिकको यो व्यंग्यात्मक विचार दुनिया भरको लागि डरलाग्दो संकेत मात्र थिएन, विश्वभर अत्याधिक विकास भइरहेको आणविक अस्त्र प्रति पूर्णरुपमा लक्षित थियो |

केहि समय अगाडी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले उत्तरकोरिया सगको आणविक विवादको सिलसिलामा भनेका थिए | उत्तर कोरियाले दुनियाले कहिल्यै नदेखेको भिसण ध्वंश सहनुपर्ने हुन सक्छ | दुनियाले देखिसकेको जापानको हिरोसिमा र नागासाकीको विशाल आणविक आक्रमणकारी अमेरिकाको राष्ट्रपतिको यो धम्किले उसले भविष्यमा प्रयोग गर्न सक्ने आणविक हतियारको मात्र संकेत गर्दैन , उसले तयार गरिरहेको तथा निमार्ण गरिसकेका विनाशकारी परमाणु हतियारको समेत संकेत गर्दछ |

केहि समय अगाडी रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका अधिकारीहरुको छलफलमा भनेका थिय|वर्ष २०१७ रसियाको लागि आणविक हतियार विकाश गर्ने विशेष वर्ष हुनेछ| सयौं शक्तिशाली परमाणु हतियारले सम्पन्न शक्तिशाली मुलुकको यो भनाइले दुनियामा विकाश भैरहेका डरलाग्दा आणविक हतियारहरु र तिनीहरुको डरलाग्दो असरको नमिठो संकेत गरेको छ|

आणविक हतियार सम्पन्न मुलुकहरु

विश्वमा पाँचवटा राष्ट्रहरु छन् जसले   Non-Proliferation of Nuclear Weapons  नामक सम्झौता अन्तर्गत आणविक हतियार राख्न पाउछन| तर ति देशहरुले पनि ति हतियारको विकास गर्न भने पाउदैनन |संझौता अनुसार उनीहरुले बिस्तारै ति हतियारहरु पनि आफै विनास गर्दै जानु पर्ने हुन्छ| सम्झौतामा हस्ताक्षरनगरे पनि अन्य केहि देशहरुमा पनि विनाशकारीआणविक हतियारहरु खुलेआम भण्डारण तथा विकास भइरहेकोछ | ति देशहरुमा उत्तर कोरिया ,पाकिस्तान , भारत र इजरायल पर्दछन | तर विश्वभरका सबै विनाशकारी आणविक हतियारहरुमध्य ९०% अमेरिका र रसियामा रहेको अनुमान गरिन्छ |

  कति ध्वंसात्मक हुन्छन आणविक हतियारहरु ?

दुनियाभर अहिलेसम्म करिब १५००० आणविक हतियारहरु रहेको अनुमान गरिन्छ | ति हतियारहरुको प्रयोग भयमा दशौ लाख मानिसहरुको हत्या मात्र हुनेछैन सयौ सहरहरु ध्वष्त्  हुनेछन् | एउटा अनुसन्धानको रिपोर्ट अनुसार अमेरिकाको ठुलो आणविक हतियार कुनै सहरमा खसाल्ने होभने १४ लाख भन्दा बढी मानिसको मृत्यु हुनेछ भने ३७ लाख भन्दा बढी मानिस घाइते हुने अनुमान गर्न सकिन्छ| त्यसको अनुमान त दोश्रो विश्व यूद्धको बेलामा अमेरिकाले जापानमा खसालेका little boy र  fat man नामक आणविक हतियारहरु र तिनीहरुको असरबाट सहजै गर्न सकिन्छ| जापानीहरु अहिलेसम्म त्यो कहालिलाग्दो मानव बिनाशको घाउ बिर्सन प्रयास गरिरहेका मात्र छैनन्, आफुसग भयको सम्पूर्ण आणविक हतियार नष्ट गर्ने प्रक्रियामा छन् |

उत्तर कोरिया कति खतरनाक ?

दोश्रो विश्वयुद्द पश्चात रसियाको प्रयोग पछि त्यही रहेको बिसेष nuclear reactor को थप विकाश सगै उत्तर कोरिया आणविक हतियारको तिब्र विकाश गरिरहेको छ | यो देशसग वास्तबमा कति हतियार छन् भन्ने कुरा सहज अनुमान गर्न गाह्रो  छ| लगातारको क्षेप्यास्त्र परिक्षण अनि हाइड्रोजन बमको बिकाश गरेको दाबि गर्ने यो मुलुक अहिले अमेरिकाको  तारो बनेको छ| करिब तिन करोड जनसंख्या भयको सानो एसियाली यो मुलुक जापान, दक्षिण कोरिया अनि अमेरिकाको मात्र होइन, शान्तिको अपेक्षा गरेर बसेको दुनियालाई त्रासको भुमरीमा लतारिरहेको छ|

यस विषयका जानकारहरु बताउने गर्छन कि उत्तरकोरियासग जतिसुकै विनासकारी हतियारहरु किन  नहुन उसले दक्षिणकोरिया तथा जापानमा धेरै क्षति पुर्याउन सक्ला, अझ दक्षिण कोरिया लाइ भिषण क्षति गर्नसक्छ तर अमेरिकामा केहि हजार मानिस मारिन सक्लान, केहि अमारत ध्वंश  होलान ,तर  अमेरिकाले आफ्नो बिशाल आणविक शक्तिको प्रयोगबाट उत्तरकोरियाको मानब समाज र सारा भौतिक सम्पत्ति समाप्त पारिदिने मात्र होइन ऊत्तर कोरियाको अश्तित्वनै समाप्त पारिदिन सक्ने छ | आणविक हतियारको प्रयोगबाट काम नलाग्ने बनेको मरुभूमि तुल्य जमिन, अनि घाइते र कमजोर मानिस मात्र बाकि राखिदिन सक्छ|

हुनत उत्तर कोरियाले पछिल्लो समय सफल  परिक्षण गरिरहेका विभिन्न हतियार र बमहरु डरलाग्दा छन् | प्रत्येक परिक्षणको बेला महसुस गरिने ठुला ठुला कम्पनहरुले सबैको आङ्ग सिरिङ्ग हुन्छ| भर्खरै उसले परिक्षण गरेको हाइड्रोजन बम जापानको नागासाकीमा खसेको भन्दा धेरै गुना सक्तिसाली रहेको बताइएको छ| यस्ता बम उ सग जति धेरै छन् तेती धेरै मानबिय एबम भौतिक क्षेती सुनिश्चित छ | उक्त बमले अमेरिकाको अलास्का धोस्त पार्ने दाबिपनि गरिन्छ| अनि कल्पना गरौ, यदि अन्य देशमा पनि युद्द भड्कियो भने के होला ? अनि अर्को विश्व युद्दको सुरुवात भयो भने के होला ? अनि एशियाका अरु देशमा समेत आणविक युद्द भड्कियो भने के होला ? अनि दक्षिण एसियामा यसको असर कस्तो होला? अनि नेपाल मा यसको असर के होला?

दक्षिण एसिया अनि नेपालमा  कस्तो प्रभाव पर्ला ?

हाम्रो देश नेपाल पनि विनाशकारी हतियारहरुको प्रभाबमा पर्ने सम्भावना प्रस्ट  देखिन्छ |अमेरिका,रसिया लगायतका मुलुकमा भयका हतियारहरुको असर त छदै छ ,साथमा भारत पाकिस्तान अनि चिनमा भयका विनाशकारी आणविक हतियारहरु हाम्रो लागि अझ खतरनाक बनेका छन्| भारत र पाकिस्तानको विचमा युद्ध भयो भने आणविक हतियार आक्रमणको तेतिकै खतरा छ| पाकिस्तानपनि आणविक रुपमा ससक्त अनि सम्पन्न मुलुक हो| भारत पनि तेसको जवाफ दिन तम्तयार अवस्थामा छ |

दुनियामा बढिरहेको शक्ति अशंतुलन , अमेरिका र रसिया विचको  अमेरिकी राष्ट्रपति चुनाब पछि बढेको दरार अनि अत्याधिक आधुनिकहतियारको विकासले दुनियालाई छिटै ठुलो युद्धको नजिक धकेलिरहेको छ |उत्तर कोरियामा भैरहेको आणविक हतियारको  अत्याधिक विकासले अर्को युद्दको संकेत गरिनै रहेको छ| एदि दुनियामा विश्वयुद्दको सुरुवात भयो भने विश्वभर तिब्र धुर्बिकरण हुनेछ |त्यस पश्चात भारत र पाकिस्तान फरक धुर्बमा हुनेछन |

त्यति  मात्र होइन भारत र चिन समेत फरक कित्तामा हुनेछन |अनि संसारका विकसित तथा आणविक शक्ति सम्पन्न मुलुकहरु हतियारको ओसारपसार तथा वितरणमा व्यस्त हुनेछन् | जसले एउटा ठुलो युद्दको विचमा नेपाल फस्न सक्ने त्रास शसक्त रुपमा जीवित नै छ|अनि हाम्रो देशको आकाशमा विदेशी ड्रोनहरू वम वोकेर उड्न सक्छन |अनि कति बमहरु हाम्रो जमिनमा पनि खस्न र खसाईन सक्छन |अनि आफ्नो जमिनको लागि खुकुरी बोकेर लड्ने गरेका वीर गोर्खेहरुको टाउकोमा ठुला ठुला पारमाणविक बमहरु खस्न सक्छन |ति विनाशकारी बमहरु हाम्रो वीरताले अबश्य पनि रोकिने छैनन् बरु  हाम्रो सहर अनि सभ्यता सहित हाम्रा सम्पूर्ण इतिहासहरु वर्वाद हुन सक्छन |

यो सबै खतरा टार्नको लागि न हामीले कुनै प्रतिरक्षाप्रणालीको विकाश गर्न सकेका छौ ,न त हामि साग तेती ठुलो आर्थिक र सामाजिक प्रणाली नै छ | हामि त केवल राजनीतिक गोलचक्कर र खिचातानीले तडपिएको चाउरे मुख लगायर गास र बास को जोहो गर्ने काममा सधै व्यस्त छौ|

चरम आणविक हतियारको विकाशको होडबाजी चलिरहेको यो दुनियामा एउटा युद्दको सुरुवातको निहु मात्र हो उत्तर कोरिया | एउटा परिश्थिति अबश्यम्भावी छ कि यी सम्पुर्ण भयानक हतियारहरुको निर्माण एबम युद्दका तयारीहरु साचिकै यथार्थमा बदलिनु नै छ | ढिलो या चाडो संसारमा  एउटा भिषण ध्वंश त् हुनु नै छ |त्यो समयको व्यग्र प्रतिक्ष्या दुनियाको मानब समाज नचाहेर पनि गरिनै रहेको छ|अनि सुप्रसिद् वैज्ञानिक अल्बर्ट आइनस्ट्यानको पत्रकारलाई दिएको त्यो जबर्जस्त एबम भाबपुर्ण जबाफ देखि तर्सिनै रहेको छ |

 

तपाइँको प्रतिक्रिया ।