बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का १०० दिनका मुख्य उपलव्धीहरु

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का १०० दिनका मुख्य उपलव्धीहरु

कपन अनलाइन

काठमाडौ,भाद्र २१।

बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुले आफ्नो कार्यकालको १०० दिन पुरा गरेका छन । स्थानीय तहको निर्वाचनमा विजयी बनेका जन प्रतिनिधिले २०७४ जेष्ठ १० गते सपथ ग्रहण गरी आफ्नो पदभार ग्रहण गरेका थिए । सपथ ग्रहण पछाडिको १०० दिनमा विभिन्न वडामा के कस्ता काम भए र ति काम सम्पन्न भए पश्चात कस्ता उपलव्धी भएका छन । यसै विषयमा केन्द्रित रहेर कपन अनलाइनले तयार पारेको सामाग्री यहाँ प्रस्तुत गरेका छौ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६  मा १०० दिनको कार्यकालमा सम्पन्न भएका विभिन्न कामहरुको विवरण वडा नं ६  का अध्यक्ष नविन केसी संगको कुराकानीमा आधारित रहेर तयार पारिएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का १०० दिनका मुख्य उपलव्धीहरु

  • जनता संग प्रत्यक्ष अन्तरक्रिया

बुढानिलकण्ठ नगरपालिका वडा नं ६  का जनप्रतिनिधिले आफ्नो कार्यकालको १०० दिनमा वडाका जनता ,बुद्धिजीवी ,पेसाकर्मी र अन्य विभिन्न क्षेत्रका व्यक्तिहरु संग प्रत्यक्ष अन्तरक्रिया गरेको अध्यक्ष केसीले बताए । यस अन्तरक्रियामा वडाबाट निर्वाचित सबै जनप्रतिनिधि उपस्थित रहेका थिए भने अन्तरक्रियामा प्राप्त सुझाव ,राय सल्लाह , गुनासाहरुको अभिलेखीकरण गरी तिनै कुराहरुको आधारमा वडा विकासको अवधारणा निर्मण गरिएको अध्यक्ष केसीले कपन अनलाइनलाई बताए । यस अन्तरक्रियाले जनताका प्रत्यक्ष समस्या सुन्ने अवसर प्राप्त भएको र समाधानको उपाय पनि जनस्तर बाट नै आएकोले वडाको कार्य सम्पादनमा प्रभावकारिता आएको अध्यक्ष केसीको धारणा छ ।

  • वातावरण संरक्षण तथा पुरातात्विक सम्पदा संरक्षण

बुढानिलकण्ठ नगरपालिका वडा नं ६  का विभिन्न खोला नालाको आसपासमा बंगुर पालन र अन्य गतिविधि बढी भएको जसले खोलामा प्रदुर्षण बढाएको जन गुनासो बढेपछी वडा कार्यालय बाट प्रत्यक्ष रुपमा उपस्थित भएर व्यवसायी तथा सरोकारवाला पक्षलाई सचेत गराई विकल्प खोजी गर्नका लागी अल्टिमेटम दिएको अध्यक्ष केसीले बताए । तस्तै वडाको प्राचिन महत्व बोकेको धर्मपुरमा भू क्षयले असर गरेकोले त्यसमा पर्खाल निर्माण गर्नुका  साथै संरक्षणको लागी पहल थालिएको अध्यक्ष केसीले बताए । वडालाई स्वच्छ र सुन्दर बनाउनका लागी विविध वातावरण संरक्षणका कार्यक्रम पनि वडा नं ६ ले संचालन गरेको छ ।

  • स्वास्थ्य ,शिक्षा तथा खेलकुद

वडा नं ६ मा रहेको भद्रकाली प्रावी को सुधारका लागी ५ लाख ६० हजार उपलव्ध गराउनुका  साथै वडाको स्वास्थ्य चौकी बाट प्रदान गरिने सेवाको वारेमा जनतालाई प्रत्यक्ष जानकारी दिनुका साथमा महिला शसक्तिकरण का विभिन्न कार्यक्रम संचालन गरिएको अध्यक्ष केसीले बताए ।वडाको स्वास्थ्य चौकी बाट निशुल्क उपलव्ध हुने औषधी तथा सेवाको प्रचारले वडावासीलाई सुविधा पुगेको छ । वडाका युवाहरुको रचनात्मक क्षेमता विकासका लागी सहयोग उपलव्ध गराउनुका साथै आफ्नो श्रोत अनुसारको सहयोग गरेको अध्यक्ष केसीले बताए ।

  • विकास निर्माण

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मुख्य तथा सहायक सडकहरुको अवस्था अध्ययन गरी विस्तार ,निर्माण र सुधारको काम थालिएको अध्यक्ष केसीले बताए जसमा हात्तीगौडा विष्णुमती सडक विस्तार ,लुड़े खोला कोरिडोर र विष्णुमती कोरिडोरको काम अगाडी बढाएको अध्यक्ष केसीले बताए । त्यस्तै  वडा कार्यालय खड्का भद्रकाली मन्दिरमा रहेको आफ्नै भवनमा सरेको र अव सेवा प्रदान सहज र प्रभावकारी हुने अध्यक्ष केसीले बताए ।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।