बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का १०० दिनका मुख्य उपलव्धीहरु

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का १०० दिनका मुख्य  उपलव्धीहरु

कपन अनलाइन 

काठमाडौ,भाद्र २१ ।

बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुले आफ्नो कार्यकालको १०० दिन पुरा गरेका छन । स्थानीय तहको निर्वाचनमा विजयी बनेका जन प्रतिनिधिले २०७४ जेष्ठ १० गते सपथ ग्रहण गरी आफ्नो पदभार ग्रहण गरेका थिए । सपथ ग्रहण पछाडिको १०० दिनमा विभिन्न वडामा के कस्ता काम भए र ति काम सम्पन्न भए पश्चात कस्ता उपलव्धी भएका छन । यसै विषयमा केन्द्रित रहेर कपन अनलाइनले तयार पारेको सामाग्री यहाँ प्रस्तुत गरेका छौ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा १०० दिनको कार्यकालमा सम्पन्न भएका विभिन्न कामहरुको विवरण वडा नं १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठ संगको कुराकानीमा आधारित रहेर तयार पारिएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का १०० दिनका मुख्य उपलव्धीहरु :

  • विकास निर्माण

विकास निर्माण तर्फ वडा नं १३ मा विभिन्न योजना हरु सम्पन्न र संचालन भएका छन । यस्ता योजनाहरुमा वडा कार्यालय बाट साविक वडा नं ४ जाने बाटोको दुवै तर्फ पर्खाल निर्माण ,च्याने खोला कोरिडोर निर्माण ,साविक वडा नं ८ गाम्चामा इट्टा बिछ्याउने र साइड ड्रेन निर्माण गर्ने काम का साथमा अन्य स्थानमा साना योजना संचालन गरिएको अध्यक्ष श्रेष्ठले बताए ।त्यस्तै साविक वडा नं ४ मा ढल निकासको ठुलो योजना सम्पन्न भएको र वडा कार्यालय अगाडी कालोपत्रे  गर्न पूर्वाधार बनिरहेको  अध्यक्ष श्रेष्ठको दावी छ ।

  • एम्बुलेन्स संचालन तथा स्वास्थ्य चौकी निर्माण कार्य प्रारम्भ

वडा नं १३ चुनिखेलमा नगरपालिका कै पहिलो एम्बुलेन्स सेवा संचालन गरिएको अध्यक्ष श्रेष्ठले बताए । क्षेत्र नं ४ का सांसद गगन थापाको सहयोगमा उपलव्ध भएको सो एम्बुलेन्सले विरामीहरुको छिटो छरितो उपचारमा सहयोग पुगेको अध्यक्ष श्रेष्ठले बताए । यसका साथै वडाको स्वास्थ्य चौकीको निर्माणका लागी टेन्डर भैसकेको र आगामी दिनमा अत्याधुनिक स्वास्थ्य सेवा वडामै प्रदान गर्न सकिने वातावरण सिर्जना भएको श्रेष्ठले बताए ।

  • खेलकुद मैदान निर्माण तथा सामाजिक गतिविधि संचालन

वडा नं १३ को सापाटार मा बास्केट बल र भलिवलको कोर्ट निर्माण गरिएको र यसले युवाहरुको रचनात्मक गतिविधिमा सहयोग पुर्याउने अध्यक्ष श्रेष्ठ ले बताए । यसका साथै वडामा जेष्ठ नागरिक सम्मान ,बालुवा चोरी निकासी नियन्त्रण ,विभिन्न रचनात्मक गतिविधि संचालन आफ्नो कार्यकाल को १०० दिनका मुख्य उपलव्धी रहेको अध्यक्ष श्रेष्ठले बताए ।

 

 

 

तपाइँको प्रतिक्रिया ।