बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा सोलार बत्ती जडान गरियो

बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा सोलार बत्ती जडान गरियो

कपन अनलाइन 

काठमाडौ,भाद्र १९

बुढानिलकण्ठ नगरपालिका वडा नं १ को निलोपुल देखी  वडा नं २  सिमाना सिमली डांडा र वडा नं  ३ को सिमाना सिमली गाऊमा सोलार बत्ती जडान गरिएको छ ।

काठमाडौं क्षेत्र नं ४ का सांसद डा.राजन भट्टराईको सांसद बिकास कोष अन्तर्गतको बिनियोजित रकम १० लाख जिल्ला बिकास समितीको टेण्डर प्रकि्या पुरा गरी सो बत्ती जडान गरिएको वडा नं १ का अध्यक्ष सुरेन्द्र लामाले बताए नजिकिदै गरेको चाड पर्बहरुलाई मध्य नजर गरी सोलार बत्तीहरु जडान् गरिएको र यसले  सामाजिक सुरक्षाको हिसाबले  वडावासीहरूलाई केहि हद सम्म राहत पुग्ने अध्यक्ष लामाले कपन अनलाइनलाई बताए । यसका साथै वडा नं १ ले विभिन्न सामाजिक गतिविधिहरु गर्ने योजना बनाएको अध्यक्ष लामाले बताए । फोटो सौजन्य : सुरेन्द्र लामा 

 

.

तपाइँको प्रतिक्रिया ।