कपनमा सुविधासम्पन्न पुस्तकालय बनाउने तयारी

libraryकपन अनलाइन कपन गाविसको पहलमा कपन गाविसमा सुविधासम्पन्न पुस्तकालय बनाउने तयारी भएको छ । स्वर्गीय साहित्यकार, अन्वेषक तथा समाजशास्त्री पूर्णप्रकाश नेपाल यात्रीको सम्मानमा नामकरण गरिएको ‘यात्री स्मृति पुस्तकालय’ को स्थापना तयारी गरिएको छ । कपन गाविस वडा नं. १ मा रहेको नवदूर्गा स्वास्थ्य संस्थाको भवनको दोस्रो तल्लामा यस पुस्तकालयको स्थापना गरिन लागिएको हो । ३ कोठा रहेको यस तलामा पुस्तकालयसहित डियोभिजुयल कक्षसमेत रहने छ ।
पुस्तकालय स्थापनाका लागि कपन अनलाइनका सम्पादक केशव पाठकको अध्यक्षतामा ७ सदस्यीय समितिको गठन गरिएको छ । समितिका उपाध्यक्षमा समाजको आवाजका राजु बस्नेत तथा सचिवमा रेडियो पत्रकार पुण्यराज पुडासैनी रहेका छन् । कपन गाविसमा कार्यरत श्याम अधिकारी कोषाध्यक्ष  रहेको समितिमा कपन गाविसका प्राविधिक विनोद पौडेल, राजुविक्रम थापा तथा शंकरराज न्यौपाने सदस्य रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।