कक्षा १२ को नतिजा सार्वजनिक, ४२. ३३ प्रतिशत उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक, ४२. ३३ प्रतिशत उत्तीर्ण

कपन अनलाइन 

काठमाडौं ,भाद्र १५ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार ४२.३३ उत्तर्ण भएका छन् । नियमिततर्फ कुल १ लाख ९३ हजार १ सय २५ जनाले परीक्षा दिएकोमा ८१ हजार ७ सय ५८ उत्तीर्ण भएका हुन् । उनका अनुसार ७७ जनाको परीक्षा रद्द भएको छ ।

आंशिक तर्फ १ लाख ७ हजार ५ सय ६९ जनाले परीक्षा दिएकोमा ३८ हजार ४ सय ४४ जना उत्तीर्ण भएका छन् ।

बिहीबार साँझ व्यवस्थापन, मानवीकी र शिक्षा संकायतर्फको परीक्षाफल सार्वजनिक भएको हो ।

यसअघि बोर्डले विज्ञान संकायको नतिजा सार्वजनिक गरिसकेको छ ।

 

तपाइँको प्रतिक्रिया ।