साततले -मिलनचोक -आनीगुम्बा खहरे सुधार योजनाको फाइल अर्थ मन्त्रालयमा अड्कियो

साततले -मिलनचोक -आनीगुम्बा खहरे सुधार योजनाको फाइल अर्थ मन्त्रालयमा अड्कियो

कपन अनलाइन

काठमाडौ,भाद्र १५।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० को साततले देखी मिलनचोक तरकारी बजार हुदै बुनपा १२ को आनीगुम्बा सम्मको खहरेमा ढल तथा बाटो सुधारको कार्य अहिले रोकिएको छ ।

अर्थ मन्त्रालय बाट डिभिजन सडक कार्यालय काठमाडौं १ को कार्य क्षेत्र भित्र पर्ने व.उ.शि .नं ३३७१४९-४ अन्तर्गत रु १२ करोड ७ हजार ४९ रुपैया यस योजनालाई विनियोजन भएको थियो ।

यस योजनाको डिटेल प्रोजेक्ट रिपोर्ट बनिसकेको र यसलाई अगाडी बढाउन अर्थ मन्त्रालय बाट बजेटको सुनिस्चितता खोजेको पत्र टिप्पणी आदेस सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले  २०७३/१२/०३ गते अर्थ मन्त्रालयलाई  लेखेको थियो ।

यस विषयमा बुझ्दा सडक कार्यालयका उपसचिव मुकुन्द राज अधिकारीले अर्थ मन्त्रालयले शैदान्तिक स्वीकृति दिए मात्र पनि काम अगाडी बढ्ने बताए । सबै प्रक्रिया पुरा भैसकेको छ अव मात्र त्यो स्वीकृति पर्खिरहेको उनले बताए ।

तर अहिले अर्थ मन्त्रालयले शैदान्तिक स्वीकृति नदिदा यो काम अगाडी बढ्न नसकेको यो योजनाको लागी पहल गर्दै आएका सांसद डा . राजन भट्टराईले बताए । अहिले यो योजनाको फाइल अर्थ मन्त्रालय बजेट महाशाखाका सहसचिव केवल कुमार भण्डारीको टेवलमा अड्किएको उनले बताए । अर्थ मन्त्रालयले यसलाई स्वीकृति नदिदा कुनै पनि काम अगाडी बढ्न नसकेको र यसले गर्दा सो क्षेत्रका वासिन्दा पानीको प्रकोप सामना गर्न बाध्य भएको उनले कपन अनलाइनलाई बताए ।

हरेक वर्ष वर्षा याममा डुवानको समस्या भोग्दै आएका यस क्षेत्रका बासिन्दाले यो योजना यसरी रोकिदा निकै समस्या भोग्नु पर्ने एक जनप्रतिनिधिले बताए ।यसका लागी उपभोक्ता समिति समेत बनाएर काम अगाडी बढिसकेको थियो तर यो फाइल रोकिए पछी कुनै पनि प्रक्रिया अगाडी बढाउने स्थितिमा नरहेको समितिका एक सदस्यले बताए ।

 

 

 

तपाइँको प्रतिक्रिया ।