यस्ता छन नेकपा एमाले काठमाडौ क्षेत्र नं ४ प्रादेशिक क्षेत्रका आकांक्षीहरु
कपन अनलाइन
काठमाडौ,भाद्र १५।
क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिवेदन हिजो नेपाल सरकारलाई बुझाएपछी एकाएक अहिले सबै पार्टीहरु भित्र राजनीतिक तरंग पैदा भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा पनि भाद्र १५ गते बिहान देखी नै स्थानीय ठाउहरुमा ,चिया पसलहरुमा र राजनीतिक वृतमा चर्चा परिचर्चा सुरु भएको छ। हार जितको आंकलन संगसंगै सम्भावित उम्मेदवारहरुको पनि चर्चा पनि चल्न थालेको छ।
यो उम्मेदावरको चर्चामा केन्द्रिय भन्दा पनि प्रादेशिक निर्वाचनमा उठ्नेहरुको चर्चा बढी भएको देखिन्छ । यस्तो चर्चामा नेकपा एमाले अगाडी देखिएको छ । समकालीन नेताहरुको बाहुल्यता भएकोले पनि नेकपा एमालेमा आन्तरिक प्रतिस्पर्धा रोमान्चक हुने अनुमान गर्न सकिन्छ।
नेकपा एमाले काठमाडौ क्षेत्र नं ४ प्रादेशिक क्षेत्रका सम्भावित उम्मेदवारहरु
समकालीन नेताहरुको बाहुल्यता रहेको क्षेत्र नं ४ को बुढानिलकण्ठ नगरपालिकामा धेरै नेताहरु यो दौडमा लाग्ने देखिन्छ। यस क्षेत्रमा लामो समयदेखि क्रियाशील नेताहरु रहेकोले पनि आन्तरिक प्रतिस्पर्धा रोचक हुने देखिन्छ। यो प्रादेशिक क्षेत्रमा अहिले देखिएका अनुहार मध्ये बाटै टिकट ल्याउने सम्भावना रहेको एक नेताले बताए। अहिले यो दौडमा प्रदेस कमिटि सदस्य सुन्दर पुर्कुटी , जिल्ला सदस्यहरु विदुर विक्रम खड्का ,मिठाराम अधिकारी , क्षेत्र नं ४ का अध्यक्ष कुसुम कुमार कार्की अगाडी रहेका छन भने क्षेत्र नं ४ का सचिव धुर्वराज न्यौपानेले पनि आन्तरिक तयारी थालेको उनी निकट श्रोतले बतायो ।
त्यस्तै महानगरपालिका तर्फ पर्ने क्षेत्रमा पनि आन्तरिक प्रतिस्पर्धा झन् रोचक हुने एक जिल्ला सदस्यले बताए । यो प्रादेशिक क्षेत्रमा सबै भन्दा बलिया उम्मेदवार काठमाडौं जिल्लाका निवर्तमान अध्यक्ष निर्मल कुइकेल हुन् तर केन्द्रिय चुनाव लडिसकेका उनले के गर्छन त्यो भन्न सकिने अवस्था नरहेको एक जिल्ला सदस्यले बताए ।यदी कुइकेलले निर्वाचन लड्न नचाहेमा यस प्रादेशिक क्षेत्र बाट जिल्ला सदस्य निर्मल देउला ,तेज ढकाल , रन्जना मास्के र क्षेत्र नं ४ का पुर्व सचिव टिका पराजुली सम्भावित उम्मेदवार हुने संभावना देखिन्छ।