बुढानिलकण्ठ नगरपालिका कपनका युवा लागु औषधी सहित हेटौडामा पक्राउ

बुढानिलकण्ठ नगरपालिका कपनका युवा लागु औषधी सहित हेटौडामा पक्राउ

कपन अनलाइन

काठमाडौ,भाद्र १४ ।

हेटौडा बसपार्कमा बस कुरेर बसेका  बुढानिलकण्ठ नगरपालिका कपन बस्ने २२ वर्षीय बुद्ध लामा र २९ वर्षीय अनिल लामा प्रहरी नियन्त्रणमा परेका छन् । उनीहरु कतै यात्राका लागि बसपार्कमा बस कुरेर बसेका थिए । शंका लागेर खानतलासी गर्दा उनीहरुको साथबाट लागू औषध फेला परेको हो ।

प्रहरीले उनीहरु संग  नुर्फिन ४८ एम्पुल, फेनरागन ४८ एम्पुल र डाईजेपाम ४८ एम्पुल सहित मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनीहरुले शरीरमा लागू औषध लुकाएका थिए ।

हेटौंडा उपमहानगरपालिका–१० बसपार्कको प्रतिक्षालयमा बसिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागू औषध फेला परेको हो । शंका लागेर प्रहरीले उनीहरुलाई निगरानिमा राखेको थियो ।

त्यस्तै बाँकेमा भारतको रुपहिडिया चौकी बाबागंज बस्ने २५ वर्षीय सलामुदिन साईलाई करीब १० ग्राम लागू औषध ब्राउन सुगर सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका–१० आदर्शनगरस्थित साईले चलाएको अटो रिक्सामा जाँच गर्ने क्रममा उक्त लागू औषध फेला परेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।