राहात वितरणमा सुकुमाया फाउन्डेसन

राहात वितरणमा सुकुमाया फाउन्डेसन

कपन अनलाइन 

काठमाडौ,भाद्र १४ ।

यही साउन २७ र २८ गतेकाे अविरल बर्षाकाे कारण डुवानमा परेका विभिन्न जिल्ला मध्ये सुनसरी जिल्लामा सुकुमाया  फाउन्डेसनले राहात संकलन गरि त्यस जिल्लामा रहेका ग्रामीण भेगका स्कुलहरूमा स्कुलका विध्यार्थीहरूलाई स्टेसनरी वितरण गरीरहेकाे छ भने वस्तिहररूमा त्रीपाल ५५ थान ,लत्ताकपडा र रासन वितरण गरेको छ ।

साे राहतका वितरण कार्यमा स्थानीय भैरव कुण्ड यूवा क्लबले यस फाउन्डेसनका सदस्यहरूलाई वितरण कार्यमा सहयाेग गरेको छ । फाउन्डेसनका अध्यक्ष सुकुमाया तामाङकाे संयाेजकत्वमा तीन सदस्य टाेली रहात वितरण कार्यमा गएका थिए  ।

तपाइँको प्रतिक्रिया ।