दक्षिणकाली नगरपालिका वडा नं ८ का योजना तथा कार्यक्रमहरु
कपन अनलाइन
काठमाडौ,भाद्र १३ ।
दक्षिणकाली नगरपालिका वडा नं ८ का मुख्य तथा सहायक सडकहरु मर्मत ,सुधार र निर्माण गरी वडाका सबै गाउ टोलमा सहज यातायातको व्यवस्था गर्ने मुख्य योजना रहेको राजकुमार लामाले बताए ।
यस्ता मुख्य तथा सहायक सडकहरुमा सेल्दार डाडा हुँदै स्याङ्तान टोल मोटर बाटो निर्माण ,नेवार बारी हुँदै थिङ्टोल जाने मोटर बाटो निर्माण ,कोल्म डाडा माइती खोला हुँदै सिम्पानी मोटर बाटो निर्माण ,गैरी हुँदै बतासे टोल मोटर बाटो निर्माण तथा ग्राबेल ,चुनदेबी देउराली मन्दिर डाडा फेदी मोटर बाटो ग्राबेल , खानी झम्केश्वोरी ,कटुवाल दह, घ्याम्पादेबी मोटरबाटो निर्माण ,माथिल्लो बाघ पाइले राम सिंह पोखरी हुमाने जोड्ने सडक निर्माण ,बिश्वनाथ आचार्यको घर देखी श्री कृष्ण मावी जोड्ने मोटर बाटो निर्माण तथा आचार्य टोल मोटर बाटो ग्राभेल , वाइवा टोल माने मोटर बाटो निर्माण ,चोभु दलित बस्ती गोरेटो बाटोमा ढुङ्गा छाप्ने ,रमेश आचार्यको घर देखी तिखे ढुङ्गा सम्म जाने मोटरबाटो ग्राबेल तथा ढल ब्यबस्थापन लगायत अन्य शाखा बाटा हरु आवस्यकता हेरि मर्मत सुधार गर्ने योजना रहेको अध्यक्ष लामाले बताए ।
वडाको खानेपानीको समस्या समाधानका लागी सल्लेनी भत्तेर चौर खाने पानी ब्यबस्थापन गर्ने ,छैमले मा रहेको घाट ब्यबस्थापन गर्ने ,बृहत खानेपानी योजना मार्फत पानी बितरण गर्ने तथा वडाको फेदिमा रहेको मुल श्रोत मार्फत पम्पिङ गरी पानी बितरण गर्न ६०० घरधुरी लाभान्वित हुने गरी १ लाख ३० हाजार लिटर क्षमताको ट्यान्की निर्माण भैरहेको अध्यक्ष लामाले बताए ।
वडामा रहेको सार्वजनिक जग्गाहरु संरक्षण र उपयोग गर्ने योजना बनाएको वडा नं ८ ले नेवार बारीमा फुटबल मैदान बनाउने ,भण्डार खर्क बरपिपल चौर संरक्षण गर्ने ,सितल चोक बलटोल ढल ब्यबस्थापन , सितल टोल युनिक सामुदायिक भवन, छैमले प्रहरी चौकी ट्रस्ट निर्माण, छैमलेमा पर्यटन विकासको लागी होम स्टे कार्यक्रम संचालन निर्माण गर्ने र स्वास्थ चौकी स्तरुन्नती गर्ने योजना बनाएको छ ।
वडाका धार्मिक तथा संस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने वडाको अर्को योजना रहेको छ जसमा बलामी गूठी मन्दिर तथा ट्रस्ट निर्माण ,भत्तेर चौर शिवालय मन्दिर निर्माणका योजना प्राथमिकतामा रहेका छन ।
वडा नं ८ ले पात्ले बार्ह्रपाते सिचाइ कुलो निर्माण र माइती खोला चम्बु सिचाइ योजनालाई पनि प्राथमिकतामा राखेर योजना बनाएको अध्यक्ष लामाले बताए ।
सिम्पानी कृषि समूहलाई चेतना वृद्धि अभिमुखीकरण कार्यक्रम साथै वडामा आधुनिक कृषि खेतीका लागी परामर्श तथा तालिम संचालन गर्ने योजना बनाएको अध्यक्ष लामाले बताए ।
महिला लक्षित कार्यक्रम तर्फ सीपमुलक आयआर्जनको तालिम संचालन गर्ने तथा वडामा रहेका शैक्षिक संस्थाहरुको सुधार गर्ने योजना रहेको अध्यक्ष लामाले बताए ।
सेवाग्राहीलाई मुस्कान सहितको छिटोछरितो सेवा दिने उदेस्य बनाएको वडामा अध्यक्ष लामाको साथमा कुमार बलामी , राजन आचार्य , शारदा आचार्य, निर्मला बिक जनप्रतिनिधि रहेका छन ।