कागेश्वरी मेलामा भक्तजनको भिड

कागेश्वरी मेलामा भक्तजनको भिड

कपन अनलाइन

काठमाडौ,भाद्र १३।

राजधानी बाट करिब १८ किलोमिटरको दुरिमा रहेको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागल शिबपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र अवस्थित रहेको कागेश्वोरी महादेब मन्दिरमा प्रत्येक बर्षझै आज पनि भाद्र शुक्ल अष्ट्मीमा  हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण कागेश्वरी  मेला लागेको छ ।

आजको  दिन कागेश्वोरी महादेब मन्दिर  परिसरमा रहेको कुण्डमा स्नान गरि दर्शन गरेमा सम्पुर्ण पाप नाश भइ सुख शान्ती प्राप्त गरि मरणोपरान्त शिव लोक प्राप्त हिने जन बिश्वास रहेको छ साथै यमराजको दुत कागले मानिसलाई छुदा अशुभ हुने र त्यस बाट मुक्त हुन कागेश्वोरी मन्दिर परिसर मा रहेको पोखरीमा स्नान गर्नु पर्ने धार्मिक मान्यता रहेको छ ।आजको दिनलाइ कागे  अष्ठमी पनि भनिन्छ ।

बिहानै देखि श्रद्धालु भक्तजनको ठुलो भिड लागेको छ ,गोसाइँकुण्डमा मेला भरेका दर्शनार्थीले त्यहा बाट ल्याएको जल कागेश्वोरी महादेबलाई चढाएपछी मात्र गोसाइँकुण्ड यात्रामा जाने  र मनोकामना पूरा हुने बिश्वास रहिआएको छ ।

 

बिहानै देखी तामाङ लामाहरुको ढ्याङ्रो बजाइ नाच्दै गाउदै पुजा गरिरहेका थिए भने नेवार समुदायको लाखे नाच पनि देख्न सकिन्थ्यो ।

कागेश्वोरीको बिकासका लागी विभिन्न पुर्वाधार निर्माण लगायत गुरुयोजना बनाइ काम भैरहेको र कागेश्वोरी क्षेत्रलाई धामको रुपमा बिकास गर्नको लागि विशेष अभियान संचालन गरिएको र कागेश्वोरी मन्दिर सम्म पुग्न जनताको पहल र सहभागिता मा लामो सिडि निर्माण गर्ने साथै केही बर्ष अघि बाट फागुन ७ गते कागेश्वोरी पर्यटन महोत्सव गर्न थालिएको सांसद रामेश्वर फुयालले बताए ।

११५० किलोको दुई अष्टधातुको काग बनाउन लागिएको जुन एउटा मन्दिर परिसरमा रहेको कुण्डमा र अर्को लोकतान्त्रिक शहीद उद्दान गागलमा राखिने उनले कपन अनलाइनलाई बताए ।

नयाँ शिष्यलाई कागे अष्टमीका दिन कागेश्वर महादेवलाई साक्षी राखी गुरुमन्त्र दिने गरेको लामा गुरुको धारणा छ । कागे अष्टमीका दिन आफ्नो खेतबारीमा फलेको मकै कागेश्वरीमा माहादेवलाई चढाएमा कागले खेतबारीमा गई मकै खाँदैन भन्ने जन विश्वाससमेत रहेको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।