अखिल क्रान्तिकारीको उपाध्यक्षमा बिजयदेब भट्टराईको दावी
कपन अनलाइन
काठमाडौ,भाद्र १३।
नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीको उपाध्यक्षमा बिजयदेब भट्टराईले उम्मेदवारी दिएका छन उनी सहिद बिष्णुदेब भट्टराईका भाइ हुन । सिन्धुपाल्चोक पुर्खौलि घर भएका उनी हाल काठमाडौ चाबहिलमा बस्छन ।
उपत्यकामा नेतृत्वको सम्भावना बोकेका भट्टराई जनयुद्धका बखत सेनाको कब्जामा परि शारीरिक यातना भोगेका एक कुशल कमान्डर समेत हुन । प्रचारप्रसार गर्न त्यति नरुचाउने उनले हिजो उम्मेदवारी दिए पछि समेत कोहि सङ भोटको अपिल समेत नगरेको उनका एक सहयोगीले बताए । उनी भन्छन ” काम गरेर मन जित्ने हो नकि अनावश्यक नोट र शक्तिको बलमा भोट माग्ने हो । ”
सम्मेलनले ३३ पदाधिकारीसहित २४३ सदस्सीय कार्यसमिती चयन गर्दैछ । अध्यक्षमा अनिल शर्मा, रञ्जित तामाङ र मदन अर्यालले उम्मेदवार दर्ता गराएका छन । क्रान्तिकारीमा पहिलो पटक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुन लागेको हो । सम्मेलनमा दुई हजार १५ प्रतिनिधि सहभागी छन् ।
“