राहत वितरणका लागी सप्तरीमा बुढानिलकण्ठका युवा

राहत वितरणका लागी सप्तरीमा बुढानिलकण्ठका युवा

कपन अनलाइन 

काठमाडौ,भाद्र १३ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ५  मा रहेको हिडन भ्वाइस नामक सामाजिक संस्थाले सप्तरी जिल्लाको लालापटी बाट ५ किलोमिटर भित्र रहेको वस्तीमा राहत वितरण गरेको छ । स्थानीयहरु संग संकलन गरिएको ए विभिन्न श्रोत बाट व्यवस्था गरेको सामग्री युवाहरुको टोलीले सप्तरीमा पुगेर वितरण गरेको थियो ।

पहिलो चरणमा उक्त टोलीले ७० बोरा चिउरा ,चाउचाउ ,विस्कुट ,पानी लगायतका सामग्री वितरण गरेको थियो । दोश्रो चरणमा पनि सप्तरी जिल्ला कै अर्को गाविस मा राहत वितरण गर्न ३० गते प्रस्थान गर्ने आयोजक संस्थाले जनाएको छ।

यस संस्थाले विभिन्न विद्यालय तथा क्याम्पस हरुमा क्यारियर काउन्सिलिंग , नेतृत्व विकासको तालिम संचालन गर्नुका  साथै अन्य सामाजिक गतिविधिमा पनि संलग्न रहेको छ।

तपाइँको प्रतिक्रिया ।