अखिल क्रान्तिकारीको महासचिवमा राजेश्वरी सुवेदीको उम्मेदवारी

अखिल क्रान्तिकारीको महासचिवमा राजेश्वरी सुवेदीको उम्मेदवारी

कपन अनलाइन

काठमाडौ,भाद्र १३।

नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीको महासचिवमा राजेश्वरी सुवेदीले दावी गरेकी छन ।अहिले सचिव रहेर काम गरिरहेकी सुवेदी ले अखिल क्रान्तिकारीको इतिहासमा पहिलो पटक महिला मह सचिव हुनु पर्छ भन्दै आफ्नो उम्मेदवारी दिएको बताएकी छन । राजनीति संगै व्यवसाय पनि अगाडी बध्येकी चितवनकी स्थायी वासिन्दा सुवेदी संगठन भित्र जुझारु र निर्भिक नेत्री मानिन्छिन ।

संगठनमा लागेको १७ वर्ष भएको बताउने सुवेदी ७ कक्षा पढ्दा चितवनको जिल्ला सदस्य बनेकी उनि जिल्ला सचिव हुदै केन्द्रिय सदस्य र सचिव  बनेकी हुन् ।

अहिलेको संविधानमा उल्लेख भएको समाजवादी शिक्षाको अवधारणालाई कार्यान्वयन गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताउने उनले निजि शिक्षाको अन्त्य गर्ने घोसणा उनले उम्मेदवारीको क्रममा गरेकी छन ।

आफु कुनै प्यानलमा नरहेको र खुल्ला रुपमा उम्मेदावरी दिएको बताउने सुवेदी ले विद्यार्थी हरुले आफुले जित्ने दावी गरेकी छन ।

 

 

तपाइँको प्रतिक्रिया ।