मतदाता नामावली संकलन प्रकरण निर्वाचन आयोग बुढानिलकण्ठ नगरपालिकामा

मतदाता नामावली संकलन प्रकरण निर्वाचन आयोग बुढानिलकण्ठ नगरपालिकामा

कपन अनलाइन 

काठमाडौ,भाद्र १२।

बुढानिलकण्ठ नगरपालिकाको नामावली संकलन प्रकरणको सत्य तथ्य छानविनको लागी निर्वाचन आयोगको टोलीले आज स्थनीय राजनीतिक दल र जनता संग राय संकलन गरेको छ । निर्वाचन आयोगका उपसचिवको नेतृत्वमा आएको टोलीले स्थानीय संग घटनाको विवरण र अन्य जानकारी लिएको हो।

निर्वाचन आयोगको टोलीले भरेका फारमहरुको छानविन सुरु गरिसकेको र यसको थप विवरण संकलन गर्नका लागी आएको बताएका थिए भने त्यहा उपस्थित राजनीतिक दलका कार्यकर्ता र स्थानीयले दोषी पत्ता लगाई कारवाही गर्नु पर्ने माग गरेका छन ।

मतदाता नामावली संकलनको क्रममा भाद्र ३ गते बेलुका नामावली संकलन एमाले नेताको घरमा गरिएको भन्दै नगरपालिकामा तालावन्दी गरिएको थियो । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले बिज्ञप्ति जारी गरेर घटनाको छानविन गर्ने प्रतिवदत्ता ब्यक्त गरेपछी तालावन्दी खोलिएको थियो ।

मतदाता नामावली संकलनको क्रममा भरिएका  फारम र अन्य सामग्री निर्वाचन कार्यालयमा रहेको छ भने त्यसमाथि छानविन भैरहेको निर्वाचन कार्यालयले बताएको छ ।

तपाइँको प्रतिक्रिया ।