करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर युवकको मृत्यु

कपन  अनलाइन 

लहान, १२ भदौ ।

करेन्ट लागेर सिरहाको धनगढीमाई नगरपालिका– १२ विष्णुपुरमा आज एक युवकको मृत्यु भएको छ ।

आफ्नै घरमा वाइरिंङ गर्ने क्रममा करेन्ट लागेर १८ वर्षीय अमर यादवको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका अमरलाई उपचारका लागि लहान अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।