भाद्र १६ गते निशानले वक्तृत्वकला प्रतियोगिता गर्ने

भाद्र १६ गते निशानले वक्तृत्वकला प्रतियोगिता गर्ने

कपन अनलाइन

काठमाडौ,भाद्र ११।

राष्ट्रिय संस्थागत बिधालय संघ नेपाल (निशान)केन्द्रिय कार्य समिती काठमाडौले यहि भाद्र १६ गते जिल्ला ब्यापी वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दैछ।

जोरपाटी नारायणटारमा अवस्थित , नेपाल अपांग संघ ,खगेन्द्र नवजीवन केन्द्रको सभाहलमा हुन गइरहेको जिल्ला ब्यापी बक्तृत्वकला प्रतियोगितामा कक्षा ९ सम्मका एक छात्र वा  छात्रालाई सहभागी गराउन अनुरोध गरिएको छ । बक्तृत्वकलाको विषय म र मेरो देश र  हामी सक्छौ मध्ये गोला प्रथा बाट कार्यक्रमको दिनमा कुनै एक छनौट गरिने छ ।

प्रत्येक सहभागी ले ५ मिनेट को समय छुट्टयाइएको छ । प्रतियोगितामा सहभागी बिधालय ले रु १००० (एक हजार ) सहभागिता सुल्क  बुझाउनु पर्ने र सहभागीको लागि दर्ता भाद्र १२ गते जीवन तारा एकेडमी आरुबारीमा सम्पर्क राख्नु पर्नेछ । प्रतियोगिता मा प्रथम, दितीय , तृतीय र सान्त्वना हुने बिद्यार्थीहरुलाइ शिल्ड, मेडल तथा प्रमाणपत्र र अन्य सहभागी बिद्यार्थीहरुलाइ प्रमाणपत्रको ब्यबस्था गरेको आयोजकले बताएको छ ।

निशान ले विभिन्न समयमा विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले समय समयमा येस्त बिबिध क्रियाकलाप गर्दै आइरहेको छ । बिधालयहरुलाइ विद्यार्थी पठाएर सहयोग गर्न अनुरोध गर्दै  येस प्रतियोगितामा झन्डै ३० भन्दा बढी बिधालयको सहभागीता रहने निसान का अध्यक्ष  ओम प्रसाद ढकालले कपन अन्लाइनलाई बताए ।

तपाइँको प्रतिक्रिया ।