बूढानिलकण्ठ नगरपालिकामा निर्माण सम्पन्न प्रमाणपत्र नलिएका घरधनीहरुलाई जरुरी सुचना
कपन अनलाइन
काठमाडौ,भाद्र ११ ।
बूढानिलकण्ठ नगरपालिका भित्र साविकका गा.वि.स बाट निर्माण इजाजत पत्र लिई निर्माण गरेका, भवन निर्माण सम्बन्धी मापदण्ड अनुसार नभएका तथा नक्सापास नभएका कारण निर्माण सम्पन्न प्रमाणपत्र नलिएका तर निर्माण भएका भवनहरुको अभिलेखिकरण गर्ने कार्य खुलेको छ। यहि भाद्र १५ गते देखी लागु हुने गरेर १२० दिन सम्मको लागी निर्माण सम्पन्न अभिलेखिकरण गरिने भएको छ। अभिलेखिकरण गर्नको लागी नगरपालिका बाट निवेदनको ढाँचा लिइ निवेदन आवश्यक कागजात सहित पेश गर्नुपर्नेछ।
तपाइँको प्रतिक्रिया ।