खानेपानी समस्या समाधानको लागी गगन थापाको केयुकेएल संग छलफल

खानेपानी समस्या समाधानको लागी गगन थापाको केयुकेएल संग छलफल

कपन अनलाइन 

काठमाडौ,भाद्र ९ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका  प्रमुखसँग काठमाडौं निर्वाचन क्षेत्र न.४ का सांसद र अन्य प्रतिनिधिहरूले काठमाडौं उपत्यकाको खानेपानी सन्दर्भमा गहिरो छलफल गरेको माननीय सांसदको कार्यालय क्षेत्र नं ४ ले बताएको छ ।

काठमाडौं उपत्यकामा खानेपानीको जुन बिकराल समस्या छ, यो समस्याको सन्दर्भमा केही समयपछि काठमाडौंमा मेलम्चीको पानी आइ पुग्ने र त्यस पछी सबै समस्याको अचुक समाधान हुने ढङ्गवाट विषयहरुलाइ बुझीरहेको सांसद थापाले छलफलमा बताएका छन ।

गएको केही वर्ष देखी मेलम्ची खोलाको पानी काठमाडौं ल्याउन हाल चलिरहेको पहिलो चरणको परियोजना सङ्गै , समयमै दोस्रो र तेस्रो परियोजना जहाँ मेलम्चीसँगै अन्य दुई नदीहरू क्रमशः काठमाडौं ल्याइन्छ तिनलाई सुरु नगर्ने हो र अन्य श्रोतहरूलाई पनि नजर अन्दाज गर्ने हो भने यो एउटा आयोजना पुरा भएर अलिकति राहत महसुस गर्न नपाउँदै फेरी अर्को खालको अभावको अवस्था सृजना हुने देखिन्छ ।

यो विषयलाई उठाउँदै आएका सांसद थापाले कार्यालय प्रमुख सङ्ग छलफल गर्दा कार्यालय प्रमुखले पनि यही विषयमा जोड दिएर यसलाई अझ  प्रस्ट बनाएका थिए  ।

काठमाडौंमा अहिले दैनिक सरदर ११.७ करोड लिटर पानी उपलब्ध छ भने मेलम्ची परियोजनाले करिब १७ करोड लिटर पानी थप्नेछ र यो थप हुँदा काठमाडौंको आवश्यकताको हिसाबले हेर्यो भने आजकै दिनमा काठमाडौंको आवश्यकता ३७ करोड लिटर हुने देखिन्छ। त्यसैले याङ्ग्री र लार्के खोलाका परियोजनालाई पनि अत्यन्त छिटो सम्पन्न गरी काठमाडौं भित्र हुने सप्लाइलाई बढाउन पर्ने आवश्यकता देखिन्छ ।

यसैगरी मेलम्चीको पानी वितरण नयाँ सिस्टमबाट हुदैछ। यो नयाँ पाइप लाइनको बिस्तारका आधारमा  काठमाडौंको थोरै भागमा मात्रै पाइप लाइन बिछ्याउने काम भएको छ। यसमा भएको ढिला सुस्ती र यसले सिर्जना गरेको अप्ठ्यारो सबैले भोगीरहेको अवस्था छ ।

यो दुख चाही सबैले भोग्नु पर्ने तर यो पाइप लाइनबाट पानी सहझतापुर्ण रुपमा घर सम्म पुग्ने सुविधाको कुरा चाहि थोरै जनसङ्ख्याले मात्र प्राप्त गर्ने र अर्को ठूलो जनसङ्ख्या भने यसबाट बञ्चित हुने अवस्था आपतिजनक कुरा रहेको सांसद थापाले छलफलमा उठाएका थिए ।

यसै सन्दर्भमा क्षेत्र नं ४ लाई हेर्ने हो भने रिङरोड भन्दा बाहिर गइसकेपछि  बुढानिलकण्ठ नगरपालीका  भित्रको कपनका केही भागहरुको अहिले सर्वे त भइरहेको छ तर त्यो सर्वेले मात्र यो काम आफै सुरु नहुने र यसका निम्ति सरकारले यस परियोजनाका लागि लिएको र थप लिनुपर्ने ऋणसङ्ग जोडिएका थुप्रै विषयहरु टुङ्गिनु पर्ने थापाको भनाइ छ ।

अझ कतिपय ठाउमा त प्लानिङको चरणमा पनि परेको छैन। त्यसो भएको हुनाले यसको उपाय के हुन सक्छ भन्ने सन्दर्भमा छलफल हुँदा यो विषयलाई तत्काल खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय लगायत सबै निकायलाई एकै ठाउँमा राखेर यसमा वृहत् छलफल गर्न आवश्यक रहेको थापाको जोड थियो ।

क्षेत्र नं ४ का सांसदले उक्त छलफल र बैठकका लागि आफूले पहल गर्ने र त्यो छलफलको आधारमा ठोस निर्णयमा पुग्ने वातावरण बनाउने बताए। यसैगरी केही कुराहरूको सन्दर्भमा भने नेपाल आफैले लगानी गरेर भएपनी यसमा काम गर्नुपर्छ भन्ने  छलफलको निचोड रहेको सांसद थापाको कार्यालयले बताएको छ ।

यसका साथै अहिले भइरहेका कामहरूलाई द्रुतगतिमा अगाडि बढाउने र काठमाडौंका सबै सांसदहरूलाई संयोजन गरेर खानेपानी मन्त्रालय तथा अन्य मन्त्रालयहरु सङ्ग छलफल गर्ने निष्कर्ष निकालिएको थापाले बताए ।

यसका साथै गौशला देखी चाबहिल सम्मको सडक खण्ड , सडक विभागले बनाउने भनेर जिम्मा लिएकोले सडक विभागमा यी सवै  विषय लिएर पटक पटक डेलिगेसन गएको र यो ठाउँमा अत्यन्त पुराना पाइपहरु भएका कारणले गर्दा जति पटक वाटो बनाएपनि लिकेजको समस्याले बाटो भत्किहाल्ने भन्ने सडक डिभिजन र बिभागले बताएकोले यसलाई टुङ्ग्याइदनु पर्नेमा सांसद थापाले जोड दिएका थिए ।

छलफलमा मेलम्चीको कामको स्कोपमा नभए पनी चाबहिलको वरपरको स्थान रणनैतिक महत्वको वाटो भएकाले गर्दा पश्चिम पट्टी पाइप बिच्छाइसकेको र पुर्व पट्टी बाँकी रहेको सन्दर्भलाई लिएर त्यो ठाउँमा अहिले तत्कालै काम सुरु गर्न सम्झौता गर्ने काम अन्तिम चरणमा पुगेको र केही दिन भित्रमा त्यो ठाउमा नयाँ पाइप बिछ्याउने काम सुरु गर्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेडको कार्यालयका प्रमुखले बताएका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।