ट्याग इन्टरनेसनल एकेडेमीको ब्रान्ड प्रतिनिधिमा रवि ओड
कपन अनलाइन
काठमाडौं, साउन ४।
नेपाली संगीतको लोकप्रिय रियालिटी कार्यक्रम ‘नेपाल आइडल’ मार्फत लाखौं दर्शकको मन जित्न सफल गायक रवि ओड अब युवा विद्यार्थीहरूको शैक्षिक यात्रामा मार्गदर्शकको भूमिकामा देखिने भएका छ । उनि ट्याग इन्टरनेसनल एकेडेमी परामर्श संस्थाको ब्रान्ड प्रतिनिधि बन्नुभएको हो ।
सुदूरपश्चिमको गाउँबाट सुरु भएको रविको यात्रा, काठमाडौंहुँदै अमेरिका, अष्ट्रेलिया, जापानलगायत विभिन्न देशसम्म फैलिएको छ । उनि केवल गायक मात्र होइनन्, संघर्षशील जीवनशैलीका प्रेरणादायी पात्रसमेत रहेका छन । सांगीतिक यात्राबाट हासिल अनुभव र अन्तर्राष्ट्रिय पहुँचलाई उनले अब शिक्षा तथा परामर्श क्षेत्रमा प्रयोग गर्न थालेका छन ।
संस्थाका तर्फबाट व्यवस्थापक रोजन रिसाल ले भन्नुभयो, ‘रवि ओडजस्ता सच्चा र प्रेरणादायी व्यक्तित्वसँग सहकार्य गर्नु हाम्रो लागि गौरवको विषय हो । उनको अन्तर्राष्ट्रिय अनुभव, संगीत क्षेत्रमा प्राप्त सफलता र युवासँगको आत्मीय सम्बन्धले संस्थालाई अझ नजिक र भरपर्दो बनाउनेछ ।’
रवि ओडले यो सहकार्यलाई आफ्नो ‘जीवनको अर्को महत्वपूर्ण अध्याय’ का रूपमा लिएको बताउनुभयो । ‘मैले देखेको संसार, भोगेका अनुभव र संगीतबाट पाएको ऊर्जा अब विदेश पढ्न चाहने विद्यार्थीहरूलाई प्रेरणा दिने माध्यम बन्नेछ । ट्यागसँग म केवल प्रतिनिधि होइन, तपाईंहरूको साथी बन्न आएको छु-जहाँ शिक्षा छ, त्यहाँ म पनि छु’, उनले भने ।
ट्याग इन्टरनेसनल एकेडेमी विदेश अध्ययनको तयारी गरिरहेका विद्यार्थीहरूलाई विश्वसनीय र व्यावसायिक मार्गदर्शन प्रदान गर्दै आएको संस्था हो । रवि ओडसँगको सहकार्यबाट संस्थाले अझ व्यापक पहुँच र प्रभाव विस्तार गर्ने लक्ष्य राखेको छ ।
