राहत वितरणमा युवा संघ नेपाल

राहत वितरणमा युवा संघ नेपाल

कपन अनलाइन 

काठमाडौ,भाद्र २।

युवा संघ नेपालको टोलीले सक्खरपुरातिलाठी,लाेनिया,दिगुवा,देउरिभरुवा,काेमघ्यपुरा,विसरिया,भारदहलगायतका वाढीले क्षतिग्रस्त ठाउमा केही राहत सहित सर्वेक्षण तथा अवलाेकन गरेको छ ।

युवा संघकाे सर्वेक्षण अनुसार यी ठाउहरुमा तत्कालीन मध्याकालीन र दिर्घकालिन गरी राहात र पुनर्निर्माणमा लाग्नु पर्ने अाैल्याएकाे छ । हजारौंको संख्यामा सम्पुर्ण रुपमा क्षति भएका घरवारविहीन वाढीपिडितहरु रहेको यी ठाउँमा खानेपानी ,खाद्यान्न ,दवाइ, लत्ताकपडा ,बच्चालाई खुवाउने दूध लगायत वासका लागि टेन्टकाे ठुलो समस्या छ। अहिले पनि पिडितहरु खुल्ला अाकास मुनि बसिरहेका छन् ।सरकारले र स्थानीय सहमतिमा एकद्वार प्रणालीबाट राहत वितरणको कुरा गरे पनि पिडितहरु राहतको अासमा बाटो कुरिरहेको टोलीका सदस्य प्रभात विक्रम कटवालले बताए ।

तत्काल राहत, अनि पिडितलाई अाफ्नै छानामा ल्याई पुनःस्थापन र दिर्धकालिन बाध बाँधी क्षति भएका संरचनाकाे पुनर्निर्माणमा जुट्न युवा संघको याे टिमले  सरकार लगायत सबैलाई अाग्रह गर्दै यस घडीमा वाढी पिडितहरुलाई साथ र सहयोग गर्न अपिल समेत गरेको छ ।

नेकपा एमालेको निर्देशन अनुसार सप्तरी अाएकाे युवा संघले काठमाडौंबाटैअध्यक्ष राजिव पहारीकाे नेतृत्वमा स्वयंसेवक र राहत सामाग्री सहितकाे अर्को केन्द्रीय टीम तत्काल यश क्षेत्रमा पठाउने तयारी गरेकाे छ ।

तपाइँको प्रतिक्रिया ।