काठमाडौ महानगरपालिका वडा नं ४ का योजना तथा कार्यक्रमहरु

काठमाडौ महानगरपालिका वडा नं ४ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन

काठमाडौ,भाद्र २ ।

काठमाडौ महानगरपालिका वडा नं ४ का मुख्य तथा सहायक सडकहरुको सुधार ,मर्मत,विस्तार र निर्माण गर्दै वडाका सांस्कृतिक र पुरातात्विक सम्पदाहरुको संरक्षण गर्ने मुख्य योजना रहेको वडा अध्यक्ष मोहन बहादुर बिस्टले बताए ।

वडा नं ४ का सडकहरुमा प्रगती टोल मार्ग,दीप कुमारी मार्ग , जागृती टोल मार्ग , कृष्ण गल्ली मार्ग  कालोपत्रे गर्ने , जनसेवा गल्ली र विशालनगर मार्गमा ब्लक छाप्ने ,टुडाल देवी मार्ग उत्तर तर्फ ब्लक छाप्ने , मौसम ढकालको घर देखी ढुंगे धारा सम्म २५० मिटर ब्लक छाप्ने ,चण्डोल युवा क्लवको प्रांगणमा ढुंगा छाप्ने ,विष्णु गल्ली ढलान गर्ने र मनकामना मार्गमा ब्लक छाप्ने योजना रहेको अध्यक्ष विस्टले बताए ।

वडा नं ४ का सार्वजनिक जग्गाहरुको संरक्षण गर्ने मुख्य योजना रहेको र यसमा सार्वजनिक जग्गा संरक्षण सामितिको बैठक बसी महानगर मार्फत अभिलेखीकरणको काम सुरु गरिएको अध्यक्ष विस्टले बताए। वडा नं ४ भित्रका कुनै पनि स्थानमा जथाभावी निर्माण हुने सार्वजनिक भवनलाई मान्यता नदिने अध्यक्ष विस्टको योजना रहेको छ। त्यस्तै सार्वजनिक जग्गाहरुमा वाल उद्यान निर्माण गर्ने योजना वडा नं ४ को रहेको छ ।

वडा नं ४ को शैक्षिक विकासका लागी धुम्रवाराही मावी ,महेन्द्र रास्ट्रिय मावी ,पन्चकन्या प्रावीको शैक्षिक योजना बनाउन सहयोग गर्ने र क्षमतावान शिक्षक नियुक्ति गरी वडालाई नमुना शैक्षिक केन्द्र बनाउने र यसमा निजि विद्यालयहरु संग पनि परामर्श गर्ने योजना रहेको अध्यक्ष विस्टले बताए।

काठमाडौ महानगरपालिका वडा नं ४ का धार्मिक तथा सांस्कृतिक सम्पदाहरु संरक्षण गर्ने योजना रहेको जसमा वडा भित्र रहेका मठ मन्दिर ,कला संस्कृति ,जात्रा ,पर्व संवर्धन  गर्ने र लिच्छवीकालिन धुम्रबाराही मन्दीर ,टुडाल देवी मन्दिरको पुन निर्माण गर्ने अध्यक्ष विस्टले बताए  ।

जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउन पहल गर्ने ,जेष्ठ नागरिक क्लव स्थापना गर्ने र यो सबै बैंकिंग प्रणाली बाट गर्ने योजना वडा नं ४ ले बनाएको छ ।

महिला लक्षित कार्यक्रम तर्फ महिला सामुदायिक भवन अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि शिपमुलक,रोजगार मुलक  र आयमुलक कार्यक्रमहरुलाई प्राथमिकता दिने र युवा लक्षित गरेर विभिन्न खेलकुद र रचनात्मक गतिविधिहरु संचालन गर्ने अध्यक्ष विस्टले बताए ।

वडा नं ४ मा “Clean The City” अभियान अन्तर्गत सरसफाईका विभिन्न कार्यक्रमहरु संचालन गर्ने तथा वडाका प्रत्यक स्थानमा फोहोर संकलन वाकस वितरण गर्ने योजना बनाएको अध्यक्ष विस्टले बताए  ।

काठमाडौ महानगरपालिका वडा नं ४ मा अध्यक्ष विस्टको साथमा धुर्व प्रसाद त्रिपाठी ,सरु अधिकारी ,दिनेश महर्जनजन र कल्पना बयलकोटी जनप्रतिनिधि रहेका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।