काठमाडौ महानगरपालिका वडा नं ५ का योजना तथा कार्यक्रमहरु

काठमाडौ महानगरपालिका वडा नं ५ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,भाद्र १ ।

काठमाडौ महानगरपालिका वडा नं ५ को भौतिक ,सांस्कृतिक ,सामाजिक विकास गर्नुका साथै जनसेवालाई मुख्य प्राथमिकता दिएर वडालाई महानगरको नमुना वडा बनाउने मुख्य लक्ष्य रहेको वडा अध्यक्ष रमेश डंगोलले बताए ।

वडा नं ५ का मुख्य तथा सहायक सडकहरुको मर्मत ,सुधार र विस्तार गर्ने योजना बनाएको अध्यक्ष डंगोलले बताए । यस्ता सडकहरुमा कैलाश मार्ग ,सत्यनारायण मार्ग ,धन्वन्तरी मार्ग कालोपत्रे गर्ने ,रुद्रमती मार्ग ,पंचकुमारी मार्ग ,हाडी गाउँ मार्ग लगायतका बाटोहरुमा ढुंगा तथा ब्लक छाप्ने योजना वडाले योजना बनाएको छ ।

वडा नं ५ भित्र रहेको सार्वजनिक जग्गाको अभिलेख संकलन गर्ने र संरक्षण गर्ने विशेष योजना वडाले बनाएको छ । यसका लागी २०२२ शाल पछी धोवीखोला नदीले छोडेको जग्गाहरु प्रमाण पुग्ने जग्गा धनीहरुलाई वितरणमा वडाले सहयोग गर्ने र बाँकी रहेका जग्गाहरुको संरक्षण वडा आफैले गर्ने अध्यक्ष डंगोलले बताए ।

जेष्ठ नागरिकहरुलाई वितरण गरिएको सामाजिक सुरक्षा भत्ता बैंक मार्फत कारोवार हुने भएपनि वडाको पहलमा घर घरमा गएर वितरण गरिने र रुद्रमती मार्ग धोवीखोला छेउमा जेष्ठ नागरिक क्लव निर्माण गर्ने अध्यक्ष डंगोलले बताए ।

वडा नं ५ लिच्छविकालीन समय देखी नै मानव बसोवास रहेको स्थान भएकोले यस वडामा रहेका ऐतिहासिक प्राचीन मठ मन्दिर ,देवल र पाटी पौवाहरुको अध्ययन र अनुसन्धान गर्न बिग्यहरुको समिति बनाइ सकेको र त्यसको प्रतिवेदन अनुसार बाजा ,जात्रा र कला संस्कृतिको संरक्षण सुरु गर्ने अध्यक्ष डंगोलले बताए ।

वडा नं ५ का महिलाहरुको क्षेमता विकासका लागी १५ दिने बेकरी तालिम ,३ महिने ब्युटिसियन तालिम प्रदान गरि सकिएको र आगामी दिनमा नेतृत्व विकास ,शिपमुलक तालिम दिदै लक्षित समुदायको स्तर उकास्न प्रयास गर्ने वडा नं ५ को योजना छ ।

वडा नं ५ का युवाहरुको रचनात्मक र सृजनात्मक विकासका लागी बेरोजगार युवाहरुलाई उधमशील बनाउन पहल गर्ने वडा भित्र रहेका युवा क्लवहरुलाई एकतृत गरी विभिन्न खेलकुद गतिविधिको आयोजना गर्न वार्षिक रुपमै बजेट व्यवस्था गर्ने योजना रहेको अध्यक्ष डंगोलले बताए ।वडामा रहेको सहरी जनस्वास्थ्य क्लिनिकको सेवालाई विस्तार र प्रचार गर्ने योजना पनि वडा संग रहेको छ ।वडा भित्र रहेका सामाजिक संघ संस्थाहरु संग समन्वय गर्दै वडामा विवध सामाजिक गतिविधि संचालन गर्ने वडा नं ५ ले बतायो ।

वडा नं ५ भित्र रहेको एक मात्र सामुदायिक विद्यालय टंगाल मावी र गुठी अन्तर्गत रहेको महेन्द्र भवन मावीको शैक्षिक स्तर सुधार गर्दै कम्प्युटर र पुस्तकालय बनाउने साथै गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति उपलव्ध गराउने वडाले बताएको छ ।

वडामा सरसफाई को लागी “Clean The City” अभियानलाई निरन्तरता दिदै कम्पोस्ट मल बनाउनका लागी १ सय घरधुरीलाई फोहोर संकलन वाकस वितरण गरिएको र विद्यालयहरुका लागि कुहिने र न कुहिने फोहोरहरुको व्यवस्थापन तालिम दिई वडालाई स्वच्छ र स्वस्थ वडाको रुपमा विकास गर्ने अध्यक्ष डंगोलले बताए ।

वडामा आउने सेवाग्राहीहरुलाई सरल र सहज रुपमा सेवा प्रदान गर्ने वडाको मूल मन्त्र रहेको र वडालाई छिटै प्रविधियुक्त बनाउने अध्यक्ष डंगोलले बताए ।

काठमाडौं महानगरपालिका वडा नं ५ मा अध्यक्ष डंगोलको साथमा उत्तम शर्मा ,सुमन न्यौपाने ,मिना सिंह प्रजापती र कृष्ण माया नेपाली जनप्रतिनिधि रहेका छन ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।