‘ग्याङस्टार ब्लुज’को  एफक्युव सिनेमा हलमा रेड कार्पेट प्रिमियर

‘ग्याङस्टार ब्लुज’को  एफक्युव सिनेमा हलमा रेड कार्पेट प्रिमियर

कपन अनलाइन

काठमाडौँ , भाद्र १ ।

यहि भाद्र २ गते शुक्रबार देखि नेपाल अधिराज्य भरका हलहरुमा प्रर्दशनको तयारीमा रहेको ‘ग्याङस्टार ब्लुज’  ले चावहिल स्थित केवल टावरमा रहेको एफक्युव सिनेमा हलमा भब्य कार्यक्रमका बिच आफ्नो रेड कार्पेट प्रिमियर सो प्रर्दशन गरेको छ ।

नेपाली सिने जगतका कलाकारहरु, नेपाली फिल्मका निर्माताहरु र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको प्रिमियर सो उपस्थिति रहेको थियो ।

हेमराज विसिद्धारा निर्देशित र सरोज न्यौपानेद्वारा  निर्मित यो चलचित्रमा आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी, रोजीशा शाही , प्रमोद अग्रहरी, नरेश पौडेल र रामबाबु गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको  प्रिमियर सो पछि सबैले यो चलचित्र फरक विषयमा बनेकोमा चलचित्रको प्रशंसा गरेका थिए । आफ्नो भाइ र प्रेमको लागि एक युवाले ग्याङस्टार बनाएको मुख्य कथामा आधारित बनेको यो चलचित्र  रिलिज पछि राम्रो व्यापार गर्ने अपेक्षा धेरैले गरेका  छन् ।

तपाइँको प्रतिक्रिया ।